दोरेन्द्र खड्का बझाङ
बझाङ,भाद्र १० गते ।बझाङमा जीपको ठक्करबाट एक बालीका घाइते भएकि छिन् । जिल्लाको जयपृथ्वी नगरपालिका १० स्थित सत्यबादी माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत एक छात्रा विद्यालयबाट फर्किने क्रममा जीपको ठक्करबाट सामान्य घाइते भएकि हुन् ।
जिल्लाको खप्तडछाँन्ना गाउँपालिका ३ सिप्टिकोट घर भएका मंगल बहादुर रोकायाकि १४ बर्षिया छोरी रक्षा रोकायालाई साहुँ सुरज मल्लको सामान ढवानि गर्ने से १ ज ६७४ नम्बरको जिपले ठक्कर दिदाँ बायाँ खुट्टामा चोट लागेको बताइएको छ ।
रोकायाको अवस्था सामान्य रहेकाले जिल्लाअस्पताल बझाङमा उपचार गराएर डिस्र्चाज गरीसकेको डिएसपि जागेश्वर भण्डारीले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

