राष्ट्रिय दैनिक / नवलपरासी , १० भदौ
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा अपांगता भएका व्यक्तिहरूलाई परिचय पत्र वितरण गरिएको छ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी सरावल गाउँपालिकाले पालिकाभित्रका अपांगता भएका व्यक्तिहरुलाई (रातो र निलो रंग परिचय–पत्र वितरण सुरू गरेको छ ।

पालिका अध्यक्ष सुुखाडी प्रसाद चाैधरीले अपांगता भएका व्यक्तिहरुलाई पनि प्राथमिकतामा राखी समान ढंगले हेर्दै आएको उल्लेख गर्नुभयो । उहाँले पालिकाभित्रका भवन र पार्कहरुलाई अपांगमैत्री बनाउने उद्देश्यले काम गरिरहेको बताउनुभयो ।

अपांगता कसैको रहरले हुने होइन भन्नुहुँदै अध्यक्ष चाैधरीले जन्म, वंश र दुर्घटनाका कारण भएका अपांगहरुले आफूमा भएका क्षमतालाई फरक ढंगले प्रस्तुत गरी समाजको निम्ति उदाहरणको रुपमा काम गर्न हौसला प्रदान गर्नुभयो ।

त्यस्तै उपाध्यक्ष बासमती हरिजनले अपांगता भएका व्यक्तिहरुको लागि निःशुल्क स्वास्थ्य जाँच, आर्थिक सहुलियत, अपांगतता भएका व्यक्तिहरुको लागि आवश्यक सहायक सामग्रीको लागि बजेट व्यवस्थापन तथा घुम्ती शिविर सञ्चालन लगायतका कार्यहरु गर्ने स्पष्ट पार्नुभयो । उहा“ले शारीरिक रुपमा अशक्त व्यक्तिहरुको लागि नेपाल सरकारले अपुग बजेट छुट्याएको बताउनुभयो ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत दुर्गा पाैडेलले राज्यले अपांगता भएका व्यक्तिहरुको समस्या पहिचान गरी उनीहरुलाई क्रियाशील बनाइराख्ने कार्यक्रमहरु ल्याउनु आवश्यक भएको बताउनुभयो । वहाँले अपांगता भएका व्यक्तिहरुलाई पनि सामान्य व्यक्तिलाई जस्तै व्यवहार गर्नुपर्ने र नागरिकले पाउनुपर्नेपर्ने सुविधाहरु पाउनुपर्नेमा जोड दिनुभयो ।
अाज निलाे ७ पहेँलो ३ गगरी १० जना अपांगता भएका व्यक्तिहरूलाई परिचय पत्र वितरण गरिएको हाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

