Rashtriya Dainik

जगरनाथपुरको वडा नम्बर २ र ३ इकाई कमिटि गठन,३०५ जना माओवादी केन्द्रमा प्रवेश

वीरगन्ज, १ भदौ
नेकपा (माओवादी केन्द्र) जगरनाथपुर गाउँपालिका वडा नं.–२ दसौतामा पार्टी प्रवेश तथा वडा इकाई कमिटी गठन भएको छ । कार्यक्रममा जसपा पार्टी परित्याग गरि सम्पूर्ण वडा समितिका १०५ जना नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टी प्रवेशपछि छोटेलाल महतो केवटको अध्यक्षतामा ३१ सदस्यीय वडा इकाइ कमिटी गठन गरिएको नेकपा माओवादी केन्द्रका मधेस प्रदेश समिति सदस्य सलाउद्दीन अहमदले जानकारी दिनुभयो । त्यस्तै वडा नम्बर–३ मा अमिरुल हसनको अध्यक्षतामा ५७ सदस्यीय वडा नं.–३ को वडा कमिटी गठन गरिएको छ । वडा नम्बर–३ मा जसपा परित्याग गरि २०० जना नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छ्न् । कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रिय सदस्य बिरेन्द्र प्रसाद यादव बिशिष्ट अतिथि केन्द्रीय सदस्य टेक बहादुर शाक्य, प्रदेश सदस्य सलाउद्दीन अहमद, स्थानीय नेता कृष्णमोहन प्रसाद यादवको विशेष उपस्थितिमा पार्टी प्रवेश तथा इकाई कमिटि गठन गरिएको हो । कार्यक्रममा बोल्दै नेताहरुले वर्तमान परिवेशमा नेकपा माओवादी केन्द्र बाहेक अरु पार्टीले देशको विकास गर्न नसक्ने बताएका छन् । नेकपा माओवादी केन्द्रले बर्षौदेखिको उत्पीडत गरिब, सीमान्तकृत, पिछडिएका समुदायलाई राजनीतिक चेतना स्तरको विकास गरेकै कारण अहिले सबैमा राजनीतिक चेतनाको विकास भएको तर मधेस आन्दोलनपछि मधेसमा मधेसी दलहरुमा राजनीतिक अराजकता बढेको बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित