काठमाडौं , १ भदौ
सरकारले बुधबार आजबाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन, आयात, बिक्रि–वितरण तथा प्रयोगमा निषेध गरेको छ । वातावरण विभागका अनसार आजबाट यो निर्णयको कार्यान्वयन भए नभएको बारे कडा अनुगमन हुने भएको छ । नेपाल सरकारले १९ असोज २०७८ मा राजपत्रमा सूचना निकाल्दै ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगमा प्रतिवन्ध लगाएको थियो । यस्तो सूचना राजपत्रमा प्रकाशित गरिएको थियो ।
मन्त्रिपरिषदले १७ माघ २०७८ मा प्लाष्टिक झोला प्रतिवन्ध सम्बन्धी कार्ययोजना २०७८ समेत स्वीकृत गरेको थियो । यसलाई १ भदौबाट कडाईका साथ पालना गरिने विभागले जनाएको छ । कोभिड १९ का कारण सरकारले बीचमा यो निर्णयलाई खुकुलो छाडेको थियो । अब यस्तो वस्तुको प्रयोग वा बिक्रि गरेको पाइएमा वातावरण संरक्षण ऐन र नियमावली अनुसार कारावाही हुने विभागले जनाएको छ । नेपालका वातावरण प्रदूषण, नदी नाला र ढल निकासमा समेत यस्ता प्लाष्टिकको प्रयोगले प्रदुषण बढाएको विभागको भनाइ छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

