संजय कुशवाहा / साउन ३१ नवलपरासी
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा न. १८ दशकठ्ठा स्थितबाट १४ लाख ४३ हजार ४ सय ३० मुल्य बराबरको अवैध चिनी तथा कपडा प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी बैरागनाथबाट खटिएको प्रहरी टोलीले मंगलबार लु १ ज ४४०९ नम्बरको पिकअप गाडी बेवारिसे अवस्थामा फेला पारी चेकजाँच गर्दा उक्त गाडीमा १५ क्विन्टल अवैध चिनी फेला परेपछि चिनी सहित पिकअप गाडीलाई प्रहरीले नियन्त्रणमा लिईएको हो ।
उक्त बरामद चिनीको अन्दाजी मुल्य ९० हजार बराबर र गाडीको अन्दाजी मुल्य १२ लाख बराबर रहेको छ । नियन्त्रणमा लिईएको पिकअप गाडी र चिनी आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी प्रहरी नायव उपरीक्षक भेजराज पाण्डेले बताउनुभयो ।
त्यसैगरी भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याई बेवारिसे अवस्थामा राखेको अन्दाजी १ लाख ५३ हजार ४ सय ३० मुल्य बराबरको बिभिन्न कुर्ता सुरुवाल, साडी लगायतका अवैध कपडा तथा बिभिन्न खाद्यान्न सामानहरु जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नं. ४ बैरिहवा स्थितबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको प्रहरी नायव उपरीक्षक पाण्डेले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

