Rashtriya Dainik

नेपाल सरकारकाे काेभिड १९ विरुद्ध खाेप कार्यक्रम अन्तरगर्त कभरेज बढाउन सराेकारवाला सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

उत्तमकुमार थापा
नेपाल सरकारकाे काेभिड १९ विरुद्ध खाेप कार्यक्रम अन्तरगर्त कभरेज बढाउन सराेकारवाला सँगकाे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
देश व्यापीरुपमा काेभिड १९ पछिल्लो समय बढ्दै गएको देखिन आए सँग जि आई जेट बझाङले आज सराेकारवालाहरु सँग अन्तरक्रिया कार्यक्रम गरेको हाे ।

जिल्ला प्रशासन कार्यालय बझाङकाे सभाहलमा सञ्चालन भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति उपप्रमुख किष्ण बहादुर बिष्ट जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भानु जाेशी अस्पताल प्रमुख नवराज जाेशी सुरक्षा प्रमुख सञ्चारकर्मी लगाएत सराेकारवालाहरुकाे उपस्थिति रहेकाे थियाे ।

जिल्लामा रहेकाे जनसंख्यालाई काेभिड खाेपलाई लगाउन र काेरना बाट वचन के कसरी अगाडि बढ्नु पर्छ भन्दै सराेकारवालाहरु सँग अन्तक्रिर्या कार्यक्रम गर्दै जि आई जेट अगाडि बढ्ने बताए । कार्यक्रममा सँस्थाका अध्यक्ष गगन आग्राीले काेभिड विरुद्ध कसरी अगाडि बढ्ने भन्नेबारे कलास लिनु भएको थियाे । सँस्थाले कम्युनिटी अर्थात हाम्रो समाजका केही जनसमुदायले भ्याक्सिन लगाउन किन नमानेको उहाँ लाई के कसरी भ्याक्सिन दिन सकिन्छ भन्ने विषयमा छलफल भएको थियाे । काेभिड विरुद्ध कसरी अगाडि बढ्ने भन्ने विषयमा जिल्ला स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट दिपक ऐडीले कलाश लिनु भएको थियाे । सँस्थाकाे उदश्य जुन जुन स्थानमा काेभिड १९ विरुद्धको भ्याक्सिन लगाउनु भएको छैन । त्यही समुदायलाई कसरी सचेतना जगाउँदै अगाडि बढाउन सकिन्छ भन्ने मुख्य उदश्य रहेको स्राेतले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित