Rashtriya Dainik

नागरिकता विधेयक फिर्ता भएपछि तौलिहवामा विरोध प्रदर्शन

प्रिन्स मिश्रा कपिलवस्तु – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेपछि तौलिहवामा विरोध प्रदर्शन भएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी कपिलवस्तुले सोमबार तौलिहवाको जिल्ला प्रसाशन अगाडि नागरिकता विधेयक फिर्ता भएको विरोधमा प्रदर्शन गरेको हो ।

लोसपा पार्टीका जिल्ला अध्यक्ष कैलाश आग्रहरी , जिल्ला सचिव रजनीश पाण्डेय, युवा नेता कमलेश सरण चौधरी , मधु सूदन सरण चौधरी , रबिन्दर मिश्रा, ओमकार नाथ शुक्ला लगायतका नेताहरूको उपस्थिति रहेको विरोध प्रदर्शनका क्रममा राष्ट्रपतिविरुद्ध नाराबाजी समेत भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित