राष्ट्रिय दैनिक / नवलपरासी , २६ साउन
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका गरिब तथा जेहन्दर विद्यार्थीहरुलाई धारमा छात्रवृत्ति प्रदान गरिने भएको छ ।
एबिसि नेपाल र स्ट्रोम फाउन्डेसनको सहकार्यमा सञ्चालित “ALUMNI ” परियोजना अन्तर्गत सुस्ता गाउँपालिकाका गरिब तथा जेहन्दर विद्यार्थीहरुलाई (प्राविधिक र अप्राविधिक) धारमा छात्रवृत्ति प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलले जानकारी दिनुभएको हाे।

छात्रवृत्तिका लागि तोकिएका आधार र मापदण्ड पुरा गरेका किशोर किशोरीहरुलाई १५ दिन भित्र यस लिन्कबाट https://bit.ly/3BVoS5N फारम भरी दरखास्त पेश गर्न पालिकाबाट सुचना जारी गर्दै सबैमा जानकारी गराउनु भएको हाे।

छात्रवृत्ति प्रदान गरिने प्राविधिक विषयहरु स्टाफ नर्स ,जेटिए (पशुपंक्षी र कृषि विकास) ,स्वास्थ्य सहायक, ल्याव, सहायक ईन्जिनियर ,ल्याव प्राविधिक ,भूमि प्राविधिक (अमिन) रहेको छ ।

त्यस्तै अप्राविधिक (साधारण) विषयका लागि प्रदान गरिने छात्रवृत्ति अप्राविधिक (साधारण) विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई बार्षिक रुपमा सामान्य वा न्युनतम छात्रवृत्ति प्रदान गरिनेछ । यस प्रकारको छात्रवृत्ति तीन तहको शिक्षाका लागि प्रदान गरिने बताउनु भएको हाे ।
जसमा माध्यमिक तह, उच्च माध्यमिक तह र स्नातक तह रहेकाे जानकारी गराउनु भएको हाे । 
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

