राष्ट्रिय दैनिक / नवलपरासी
राष्ट्रिय भूमि आयोग पश्चिम नवलपरासीका सदस्यहरुलाई जिल्ला अधयक्ष देवराज भन्डारीले पद तथा गोपनियताको सपथ खुवाएका छन् ।
नेपाल सरकारद्वारा भूमिसम्बन्धी सम्पूर्ण समस्यालाई सदाका लाति समाधान गर्ने उद्देश्यका साथ राष्ट्रिय भूमि आयोग २०७८ गठन गरेको हो।
सरकारले पश्चिम नवलपरासीमा सरकारले हालै मात्र राष्ट्रिय भूमि आयोग गठन गरेको छ राष्ट्रिय भूमि आयोग पश्चिम नवलपरासीका अध्यक्ष देवराज भन्डारीले बुधबार एक कार्यक्रमका बीच सदस्यमा भविश्वर आजात तिवारी र लक्ष्मीभुसाल खरेललाई सपथ खुवाएका हुन् ।

आयोगका अध्यक्ष देवराज भन्डारीको सभापतित्वमा लुम्बिनी प्रदेशका प्रदेश सभा बैजनाथ जैसवालको प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा सुनवल नगरपालिकाका नगरप्रमुख तथा आयोगका पूर्व अध्यक्ष विमला अर्यालले भूमिसम्बन्धी आयोग जिल्लामा यसभन्दा अघि पनि धेरै बनेको भए पनि जनताका काम हुन नसकेको बताउँदै राजनीतिक अस्थिरताका कारण नवलपरासीमा ३८ सालदेखिका काम समेत अहिलेसम्म हुन नसकेको बताइन ।
नवलपरासीका जनताहरु अहिले आएर भूमि आयोगको नाम समेत सुन्न चाहँदैनन् नगरप्रमुख अर्यालले बताइन ।
त्यस्तै प्रदेश सभासद बैजनाथ कलवारले अहिले गठन भएको आयोगले आफ्नो काम समयमै गर्नेमा आशावादी रहेको बताए ।

सपथ ग्रहण कार्यक्रमा जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगवति यादव, पूर्व स्थानीय विकास राज्यमन्त्री घनश्यम यादव, राप्रपाकी केन्द्रीय सदस्य दवी घिमीरे, नेकपा एमालेका उपाध्यक्ष डोलराज भन्डारी , नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष रामनन्द यादव, जसपाका अध्यक्ष धेरेन्द्र यादव, लाेसपाका अध्यक्ष मुकुरजि गिरी, नेकपा समाजवादीकी सुशिला देवकोटालगायतले आ – आफ्ना धारणा राख्दै आयोगलाई निस्पक्ष र तदारुकताका साथ काम गर्न आग्रह गरेका थिए
कार्यक्रममा मालपोत अधिकृत केशव रिजालले पश्चिम नवलपरासीमा जग्गाको अवस्था र विगतका आयोगले गरेका कामका बारेमा प्रकाश पारेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

