Rashtriya Dainik

युवामैत्री स्थानीय शासन अभियानमा लगानी वृद्धिको लागी पहल

२६ साउन, २०७९

”युवामैत्री विश्व निमार्णमा अन्तरपुस्ता एक्यबद्धता” नाराका साथ देशव्यापी रुपमा मनाइरहेको अन्तराष्ट्रिय युवा दिवसको अवसरमा युवामैत्री स्थानीय शासन सम्बन्धी हालसम्मका उपलब्धीहरु, सिकाई र भावी कार्यदिशाको सन्बन्धी आज काठमाडौँमा केन्द्रीयस्तरको छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सातै प्रदेशका प्रतिनिधि गर्दै विभिन्न पृष्ठभुमिका युवा तथा सरोकारवालाहरुको भर्चुअल बिधि मार्फत बाट समेत सहभागीता रहेको थियो ।

समग्र विकासमा युवामैत्री स्थानीय शासनको आवश्यकतालाई मध्यनजर गर्दै राष्ट्रिय युवा परिषद्, जागृति बाल तथा युवा सरोकार नेपाल, युएनडिपि र युनिसेफ नेपालको संयुक्त प्रयासमा युवामैत्री स्थानीय शासन अभियानलाई ठोस रुप दिन साझेदारी भईरहेको छ ।

यस अन्तर्गत ३०० भन्दा बढि सरोकारवालाहरुको संलग्नतामा युवामैत्री स्थानीय शासन दिग्दर्शन, २०७५ को परिमार्जन र युवामैत्री स्थानीय शासन क्षमता विकास निर्देशिका तयार गरिएको छ ।

युवामैत्री स्थानीय शासन प्रवद्र्धनको पहिलो चरणमा देशका सातै प्रदेशका एकएक स्थानीय तहको छनौट गरी सम्वन्धित स्थानीय तहका जनप्रतिनिधी, कर्मचारी , विभिन्न नीजी क्षेत्रका युवा प्रतिनिधि तथा युवाका सवालमा प्रमुख सरोकारवालाहरुको लागी ३ दिने युवामैत्री स्थानीय शासनसँग सम्वन्धी क्षमता अभिवृद्धि कार्यक्रम गरिएको छ ।

यस सन्दर्भ युवामैत्री अभियानको समिक्षा गरी भावी मार्गमा छलफलका उद्देश्य सहित यस कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले गर्नुभयो थियो । उपाध्यक्ष बस्नेतले युवाहरुको मुद्धाहरुका दृष्टीकोणले मैत्रीपुर्ण बनाउने अहिलेको सान्दर्भिक सवाल रहेको र नीती निमार्ण प्रकृयामा युवाहरुको सहभागीता अत्यावश्यक रहेको बताउनुभयो । हालको प्रयास कम रहेको र अझ बढि लगानी र योगदानको आवश्यकता रहेको बताउँदै उपाध्यक्ष बस्नेतल उपयुक्त वातावरण निमार्णको लागी यवा परिषद्ले कार्य गरिरहेको र संवैधानीक तथा नीतिगत युवासँग सम्बन्धीत व्यवस्थालाई कार्यन्वयनाका साथ युवामैत्री शासन प्रबद्र्धनको लागी निरन्तर समन्वयको प्रतिबद्धता जाहेर गर्नुभयो ।

युएनडिपिका आवसीय प्रतिनिधि आइसानी लाभेले समस्या धेरै भएर वितृष्णा धेरै भएको बताउँदै विभिन्न पृष्ठभुमिका युवाहरुको समस्या परेको बेलामा सुनिदिने स्थान समेत नभएको बताउनुभयो । उहाँले व्यवहार, अन्तरसम्बन्ध, एकता र अन्तरकृयालाई सबल बनाउँदै युवामैत्री स्थानीय शासन प्रबद्र्धन गर्नुपर्ने कुरामा जोड दिनुभयो र युएनडिपि युवामैत्री प्रबद्र्धनको लागी लागीपर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

युनिसेफको आवसीय उप प्रतिनिधि उषा मिश्रले नेपालमा केहि बर्षपछि जेष्ठ नागरिकको जनसंख्या धेरै हुने भएकाले वर्तमान समयमा युवा तथा बालबालिकामा वृहत लगानीको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले स्वागत मन्तव्य दिँदै युवामैत्री अभियानमा सबै युवासँग सम्बन्धीत सरोकारवालाहरुले योगदान पु¥याउनपर्ने बताउनुभयो ।
कार्यक्रमको संचालन अधिकारकर्मी विपना शर्माले गर्नुभएको थियो । कार्यक्रममा अधिवक्ता तथा युवामैत्री शासन विज्ञ विष्णु खत्री , उपप्राध्यापक तथा युवामैत्री शासन विज्ञ दिपेश घिमिरे र युवामैत्री कार्यक्रमको संयोजक सुमिक्षा खड्काले प्रस्तुतीकरण गर्नुभएको थियो भने लैङ्गिक समानता र सामाजिक समावेशीकरण विशेषज्ञ मिना शर्मा र किशोरीहरुको प्रतिनिधि रेजीना घर्ती मगरले मन्तव्य दिनुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित