Rashtriya Dainik

सुनवल सामुदायिक बिकास केन्द्रद्वारा कृषि उपकरण वितरण

राष्ट्रिय दैनिक / नवलपरासी , २६ साउन

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका वडाहरुमा सुनवल सामुदायिक बिकास केन्द्रद्वारा कृषि उपकरण वितरण गरिएको छ।

युनाइटेड मिसन टु नेपालको सहयोग तथा सुनवल सामुदायिक बिकास केन्द्रकाे अायाेजनामा सन्चालित काेभिड १९ बाट प्रभावित नेपाली समुदायको लागि अार्थिक पुर्नजिवन परियोजना (रिकाेभ) बाट ५ समुहलाई निशुल्क सिचाइ सामाग्री वितरण गरिएको हाे ।

पाल्हिनन्दन गाउँपालिकाका वडा नम्बर १ देखि ५ सम्मकाे महिला समुहलाई सिचाईको व्यवस्था तथा कृषि क्षेत्रलाई व्यावसायीकरण र आधुनिकीकरण गर्नका प्रति समुह पम्पसेट १ थान , डिलेभरी पाइप ,सक्सन पाईप र 2HP माेटर लगाएतकाे कृषि उपकरण वितरण वितरणमा गरिएको रिकाेभ परियोजना लेखापाल राेशनी खड्काले जानकारी दिनुभएको हाे ।

पाल्हिनन्दन गाउँपालिकाका वडा नम्बर ६ मा पम्पसेट तथा ब्याग बनाउन सिकेका र ब्युटी पार्लर सिकेकालाई छिट्टै सामाग्री वितरण गरिने रिकाेभ परियोजना संयाेजक सुस्मिता शर्माले जानकारी दिनुभएको हाे।

पम्प सेट हस्तान्तरण गर्दै सुनवल सामुदायिक बिकास केन्द्रकाे उपाध्यक्ष देव कुमारी घिमिरेले किसानहरुलाई कृषि यन्त्रसहित नयाँ आधुनिकिकरणमा लैजानु पर्ने आवश्यक रहेको बताउनुभयो । किसानहरुले यो कृषि औजारहरुबाट ३० देखि ४० विगहा जमिन खेति गर्न सकिने बताउदै पम्पसेटबाट धान, गहुँ, तथा तरकारीखेती लगायत अन्य खेती गरी जीविकोपार्जन गर्न सकिने भएकोले संस्थाले अन्य दिनहरुमा पनि साथ र सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियोे ।

त्यस्तै सुनवल सामुदायिक बिकास केन्द्रकाे रिकाेभ परियोजना फाेकल पर्सन एव कार्यसमिति सदस्य लुमाकान्त खनालले वितरण गरिएको सिचाइ सामाग्रीलाई राम्रोसँग ब्यवस्थापन गरि उपलब्धि मुलक काम गरि जिबिकाेपार्जन गर्न अाग्रह गर्दै कृषि उत्पादनमा बृद्धि गर्न आधुनिक कृषि सामाग्री प्रयोग गर्नाले कृषि उत्पदन बढी गर्न सकिन्छ साथै बेमौसमी खेती गर्न सक्नुको साथै बेरोजगारी घटाउन सकिन्छ भन्ने कुराम जोड दिनुभएको थियोे ।

पम्प सेट लिदै महिला समुहका पदाधिकारीहरु खुशि ब्यक्त गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित