Rashtriya Dainik

हिन्दु र मुस्लिमको आपसी सदभाव कायम राख्ने पर्व माेहरर्म हाे : पालिका अध्यक्ष चाैधरी

राष्ट्रिय दैनिक, नवलपरासी

पश्चिम नवलपरासी सरावल गाउँपालिका वडा नम्बर ७ भुजहवामा इस्लाम धर्मावलम्बीको पर्व माेहरर्मको अवसर पारेर लागेको ताजिया मेलामा गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले अवलोकन गर्नुभएको छ।

मेलाको अवलोकन गर्दै सरावल अध्यक्ष चौधरीले परम्परागत कला,संस्कृति संरक्षण गर्नमा सहयोग पुग्ने बताउनु भएको थियो । उहांले नयां पुस्ताहरुको जानकारीका लागि र मनोरञ्जनका लागि ताजीया मेला निक्कै महत्वपूर्ण रहेको बताउनु भयो।
अहिले सरावलमा लागेको ताजीया मेला हिन्दु र मुस्लिमको आपसी सदभाव कायम राख्ने कार्यमा समेत मोहरम पर्वले निक्कै महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको थियो ।

त्यस्तै सरावल –७ भुजहवामा हरे्क वर्ष लाग्ने ताजीया मेलालाई यसवर्ष पनि अवलोकन गर्न गाउपालिका अध्यक्षसंगै पुर्व राष्ट्रिय सभा सदस्य रामलखन हरिजन गाउँपालिका उपाध्यक्ष बासमति हरिजन ,सरावल गाउँपालिका वडा नं ६ का अध्यक्ष छाेटेलाल गुप्ता, वडा नम्बर ४ वडा अध्यक्ष सुरेश यादव , वडा नम्बर ७ वडा अध्यक्ष हेयात खा धुनिया लगायतको टोली थियो ।

इस्लामिक संवत् १४३४ हिजरीको पहिलो महिनाको चाँदको १ तारिखदेखि सुरु हुने मोहरम पर्व १० तारिखसम्म मनाइने गरिन्छ ।
मेलामा मुस्लिम मात्र होईन हिन्दू धर्मावलम्बीको घुँईचो लाग्ने गर्दछ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका ७ भुजहवामा मोहर्रम पर्वको अवसरमा बाँस र कागजको प्रयोग गरेर करिब ६५ फिट उचाइ र ३५ फिट चौडाइको ताजिया बनाईएको छ । ३० खण्डको ताजिया एक वर्ष लगाएर निर्माण गरिएको सरावल वडा नम्बर ७ वडा अध्यक्ष हेयात खा धुनियाले जानकारी दिनुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित