राजन चाैधरी / रुपन्देही , २६ साउन
रुपन्देहीको तिलोत्तमा १० बेवरामा नागरिक उन्मुक्ति पार्टीको भेला कार्यक्रम सम्पन्न भएको छ ।
नागरिक उन्मुक्ति पार्टी रुपन्देहीको जिल्ला अध्यक्ष धनिराम चौधरीको सभापतित्वमा तथा केन्द्रीय अध्यक्ष रन्जिता चौधरीको प्रमुख आतिथ्यतामा बेवराको थाकसको सभा हलमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रन्जिता चौधरीले पनि जनता समक्ष प्रश्न गर्नु भयो कि के मेरो श्रीमानले सम्पुर्ण थारुहरुको हक र अधिकार मागेर गल्ती गर्नु भयो ? आफ्नो पहिचान मागेर गल्ती गर्नु भयो ? के आफ्नो हक अधिकार आफ्नो पहिचान माग्न नहुने ? जस्ले १७००० नेपालीको हत्या गर्यो उ खुले आम घुम्न पाउने ? जस्ले बलात्कार गरेको छ उ खुलेआम बाच्न पाउने ? जो भ्रस्टाचार माथि भ्रस्टाचार गर्दै आइरहेको छ उ शाह भनेर ठहर हुने? जो दिनदहाडे आफ्नो श्रीमानको हत्या गर्ने उ निर्दोश ठहर कहलाउ ने ? के थारुहरुको लागि अलग कानुन र पहाडीहरुका लागि अलग कानुन बनेको छ ? यो प्रश्नको जवाफ चाहिएको छ । एउटा बाघको आक्रमणको घत्नालाइ राज्नितिक मुद्द बनाइ थारु चेलीको कंचटमा गोलि हानु येहि हो न्याय ? हो रेशम चौधरी ३४३४१ भोट प्राप्त गरि बिजय हासिल गरे । त्यस पश्चात् भडुवा नेताहरु रेशमलाई चिनी सके कि रेशम चौधरी एक सच्चा देशभक्त नेता हो । अब रेशम चौधरी भन्ने ब्यक्तिले हामीलाई छोड्दैन । त्यसैले आज उस्लाइ काल कोठरिमा बन्द गरेर राखेका छन । त्यसैले म आग्रह गर्न चाहन्छु रेशम चौधरीको निम्ति हैन आफ्नो हक अधिकारका निम्ति, आफ्नो पहिचानकाे निम्ति ,आफ्ना चेली बेटिका निम्ति ,आफ्ना सन्ततीका निम्ति अग्रसर होऔँ । निर्दोशिलाई जेलमुक्त बनाउ । र त्यस्ता देशद्रोही नेताहरुलाई जडै देखि उखालेर फालौ भनी मन्तव्य राख्नु भएको थियो ।

त्यस्तै संगठन बिभागका प्रमुख लक्षमण किशोर चौधरीले यो पार्टी पहिचान बादी पार्टी हो । नागरिक उन्मुक्ति पार्टी सबै पार्टी भन्दा कान्छो पार्टी हो । यो पार्टीमा बिपन्न , पिछडिएकाका तानासाही र नस्लबादीहरुबाट पिल्सिएकाहरुका लागि बनाइएको पार्टी हो । अर्थात यो पार्टीमा बिपन्न पिछडिएका कुनै पनि जातजातीका समुदाय प्रवेश गर्न सक्नेछन । आफ्नो हक अधिकारका लागि आफ्नो पहिचानको लागि नागरिक उन्मुक्ति पार्टी खडा गरेका छौँ भन्दै पार्टीको बारेमा बोल्नु भएको थियो ।

त्यस्तै पार्टी प्रबक्ता दामोदर पाण्डेले पनि हामी कहिले सम्म खुम्चिएर बस्ने हामी यो देशको आदिबासी हौँ । यो देशको राजा थियौ हामी तर आज आएर हामी गुलाम भएर बसेका छौँ । कमैया भयर बसेका छौँ । राजनीतिक मुद्दा बनाएर हामीलाई दास बनाएर राखेका छन । खुन पसिना बगयेर यो देश बनाएका हामी थारुलाई गन्न छोडे , चिन्न छोडे । यो देश्को नागरिक नै हैनन भन्न समेत पुगे । त्यसैले अब हामी जाग्नु पर्छ । उथ्नु पर्छ । आफ्नो हक अधिकारको लागि आफ्नो पहिचानको लागि । तब मात्र हामी अगाडि बढन सक्छौँ । आज सबै राज नेताहरुलाई थाह भैसकेको छ कि यो देश्को रिअल हिरो रेशम चौधरी हो । रेशम चौधरीलाई जेल खानाबाट मुक्त गरेयु भने हाम्रो पत्ता साफ हुन्छ हामी साफ हुन्छौँ । आम जनतालाई थाह छ कि रेशम चौधरी निर्दोष छ । रेशम चौधरि जेल मुक्त भयो भने थारुले शासन चलाउन्छन । थारुको सत्ता हुन्छ । त्यसैले थारुलाई सासन गर्न दिने हैन ,थारुहरुको सत्ता कदापी हुने दिने छैनौ । तर यती कुरा याद राख हे नस्लबादी हो, हे ताना साही हो, हे देश द्रोही हो, हे भ्रस्टाचारि हो । अब धेरै दिन टीक्दैनौ तिमिहरुको पापको घडा भरिसकेको छ । न त तिमीहरु तिक्छौ न त तिम्रा भाडुवाहरु । जित जहिले पनि सत्यको हुन्छ भन्दै चेतावनी दिदै आफ्ना गहकिला तर्कहरु दिनु भएको थियो ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १०० जना भन्दा बढी पार्टी प्रवेश गरेका थिए , भने कार्यक्रम रोशनी कवरले सन्चालन गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

