Rashtriya Dainik

भुमि आयोग नवलपरासीको अध्यक्षमा देवराज भण्डारी

प्रकाश न्याैपाने / नवलपरासी , २३ साउन

नवलपरासी जिल्लाको “भूमि आयोग” (सुकुम्बासी आयोग) को अध्यक्षमा नेपाली काङ्ग्रेसका नेता देवराज भण्डारी नियुक्ति हुनुभएको छ ।

त्यसैगरी सदस्यमा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष भविस्वर तिवारी (आजाद) र नेकपा एसका नेतृ लक्ष्मी भुषाल खरेल नियुक्ती हुनु भएको छ ।

नव नियुक्त “भूमि आयोग“ (सुकुम्बासी आयोग)का अध्यक्षहरुले भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाबाट सपथग्रहण समेत गरीसक्नु भएको छ ।

नवलपरासीका लागि भूमि आयोग“ मा सपथग्रहण गरेसंगै जिल्ला अध्यक्ष देवराज भण्डारीले अब नवलपरासी जिल्लामा जग्गाको स्वामित्वको आशामा बसेका भूमिहिन जनताहरुको आशालाई साकार पार्ने प्रतिवद्धता जाहेर गर्नु भएको छ ।

उहांले आफ्नोे नामको सामाजिक संजाल मार्फत प्रतिबद्धता जाहेर गर्दै अब आफ्नो टिमले भूमिहिन जनताहरुको आशालाई साकार पार्ने गरी अघिबढ्ने बताउनु भएको छ ।

त्यसैगरी उक्त कार्य सफल पार्नका लागि आवश्यक सुझाव, सल्लाह र सहयोगको लागि बिभिन्न राजनितिक दल, कर्मचारी वर्ग र समस्त जिल्लाबासी सङ्ग सहयोगमा आयोगले काम गर्ने बताउनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित