राष्ट्रिय दैनिक / नवलपरासी , २२ साउन
लियो क्लब अफ नवलपरासी दाउन्नेको सभापतिमा मनिष तिवारी चयन भएका छन। कार्यक्रमको सभापतित्व लायन वर्ष २०२१/२२ का क्लब सभापति लियो दीपेन्द्र पौडेलले गरेका थिएँ भने प्रमुख अतिथि को रुपमा लियो जिल्ला परिषद ३२५ पि का सभापति लियो लीलामणि न्यौपाने (MD) जउपस्थित रहेको थियो। साथै लायन्स जिल्ला परिषद ३२५ पि का डिष्ट्रिक डेपुटी चिफ लायन युवराज डुम्रे विशिष्ट अतिथि, लियो जिल्ला परिषद ३२५ पि का सचिव,कोषाध्यक्ष, TOT चिफ्, लायन्स क्लब अफ नवलपरासी दाउन्नेका वर्ष २२/२३ का सभापति र उपसभापति समेतको उपस्थिति रहेको थियो।
पद हस्तान्तरन को अभिभावकत्व लायन्स क्लब अफ नवलपरासी दाउन्नेका सभापति लायन भीम प्रसाद सुवेदी ले गरेका थिए। वर्ष २१/२२ का सभापति ले वर्ष २२/२३ का सभापति लियो ई. मानिष तिवारीलाई ग्याभल थमाउदै पद र कार्यभार हस्तान्तर गरीएको थियो।
पद हस्तान्तरन पश्चात् कार्यक्रमको सभापतित्व ग्रहण गर्दै वर्ष २२/२३ का सभापति तिवारीले आफ्नो कार्यकालका लागि लागूऔषध विरुद्ध सचेतना एवं स्थानीय पर्यटन प्रबर्द्धन लगायत का कार्यक्रमहरू बुँदागत रुपमा प्रकाश पार्दै समाज रुपान्तरणका लागि सबै युवा समुहलाई एक बनाएर लैजाने प्रतिबद्धता ब्यक्त गरे।

कार्यक्रममा धारणा राख्दै जिल्ला सभापति लीलामणि न्यौपानेले समृद्ध समाज र संरचना का परिकल्पनाकार इन्जिनियरहरू को बाहुल्यता रहेको एस क्लबले सङ्गठित भएर कार्य गरे निश्चय पनि सफल हुने बताउनुभयो साथै क्लब लाई जिल्ला बाट चाहिने साथ र सहयोग का लागि आफू प्रतिबद्ध रहेको बताए । कार्यक्रमको सञ्चालन क्लब का सचिव लियो किरण बस्याल गरेका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

