Rashtriya Dainik

सिरहाको नवराजपुरमा जापनीज प्रबिधिको अलकालाईन पानी दिने केङ्गन वाटर मेशिन जडान

महेश सिंह सिरहा लहान २२ श्रावण – सिरहाको नवराजपुर गाउँपालिका सोनवर्षा चौक स्थित बिगत २० बर्ष देखि संचालनमा रहेको जय माँ हजारी ईङ्गलिश बोर्डिङ स्कुलमा जापनीज प्रबिधिको अलकालाईन पानी दिने केङ्गन वाटर मेसिन जडान भएको छ्।

सिरहामा जिल्ला चर्चित बाबा तथा दर्जनौं पल्ट यज्ञ गर्न सफल बाबा राम चलितर दासले रिवन काटेर, र मेसिनको अलका लाईन पानी खाएर उदघाटन गरेका थिए।

शिक्षा स्वास्थ कृषि का समाजिक चिन्तन बोकेका समाजसेवी शिव देब साह ले समाज परिवर्तन र रुपान्तरणमा ओहो रात्र खटि राखने साह समाजले रोगको झन्झटबाट मुक्त गराउन
केङ्गन वाटर मेशिन जडान गरिका छन्।

स्कुलका स-साना बालबालिकाहरुले शारीरिक रुपले स्वास्थय रहन र मानशिक संम्बेगातम्क बिकासका लागी मानव शरीरले चाहिएको पानी अलकालाईन पानी हो,उक्त पानी दिने जापनीज कम्पनीको केङ्गन वाटर मेसिन नयाँ प्रबिधिमा आएको छ।

उक्त मेसिन बिश्वको एउटा मात्र कम्पनी जपानको ओ.सि.को मा निर्माण हुने भएको छ्।मानव जिबनमा चाहिएको आवश्यकता अनुरुपको पानी एउटै मेसिनले प्रदान गर्ने गरेको छ्।नवराजपुर गाउँपालिकामा प्रथम पल्ट स्वास्थ पानी खाने खानेपानी मेसिन जडान हुँदा स्थानीयहरुले अलकालाईन पानी खान मान्छेको भिड लागेको थियोे।

सानो मेसिनले प्रति दिन १००० हजार लिटर पानी निकाल्ने र माईक्रो कोलोस्टीङ्ग,एन्टी ओकसीडेसन,र अलका लाईजेसन पानी दिने गरेका तालिम प्राप्त वरिष्ठ खानेपानी प्रशिक्षक राज कुमार यादवले बताए।

हरेक ब्यक्ती लाई स्वास्थ रहन अलका लाईन पानी नै चाहिन्छ भने उनले जोड दिएका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित