Rashtriya Dainik

एउटै किताको नम्बर जग्गा दुईजनाको नाममा वडा कार्यालयबाट सिफारिस भएको खुलासा

हरिकिशोर शर्मा, जिराभवानी , २१ साउन

पर्साको जिराभवानी गाउँपालिकामा एउटै किताको नम्बर जग्गा दुईजनाको नाममा वडा कार्यालयबाट सिफारिस भएको खुलासा भएको छ।

पर्साको साबिक महादेव पटि गाबिस वडा नम्बर ८ पिपरा हाल जिराभवानी गाउँ पालिका वडा नम्बर एक महादेव पटिमा रहेको साबिक ११ नम्बर किता र हाल १७१ नम्बर किता २०२१ सालमा खलियान रहेको र सोही जग्गालाई जिराभवानी वडा नम्बर एक का वार्ड अध्यक्ष रामशरण ख्वासले सोही वाडा का स्थानीय लक्ष्मी प्रसाद थारु र भैयाराम प्रसाद सोनारलाई छुट्टाछुट्टै मितिमा सर्जमिन मुचुल्का र सिफारिस गरेका छन ।

त्यस्तै सोही जग्गालाई सोही स्थान बस्ने हरिकिशोर शर्मा गाउँपालिका कार्यालय वडा कार्यालय र मालपोत कार्यालयमा रोक्का गराए पनि वडा अध्यक्ष आफ्नो पावर देखाउदै एउटै किता नम्बर उल्लेख भएको एउटै जग्गाको दुई जनाको नामा सिफारिस दिएको घटना अहिले गाउँ पालिकामा नै चर्चाको बिषय बनेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित