राजन कुमार बानिया ,पर्सा २० साउन
शसस्त्र प्रहरीले पर्साको बहुदरमाई नगरपालिका ७ छपकैयाबाट २४० केजी प्रतिबन्धित लागुऔषध गाजा बरामद गरेको छ ।
शसस्त्र प्रहरीको १३ नम्बर गण बीरगञ्जबाट गएको टोलीले बहुदरमाई नगरपालिका ७ छपकैया स्थित बाल निकेतन इङ्ग्लिस बोर्डिङ स्कुलको पुरानो भवन पछाडिको झाडीमा लुकाएर राखेको अवस्थामा बरामद गरिएको सप्रनाउ तथा प्रबक्ता सन्तोष बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार बिशेष सूचनाको आधारमा गणबाट गएको टोलीले सुक्बार करिब साढे छव बजे बरामद गर्न सफल भएको हो । बरामद गरिएको गाजा आवश्यक कार्यबाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

