Rashtriya Dainik

पुर्व पालिका अध्यक्ष द्वारा नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत

राष्ट्रिय दैनिक / नवलपरासी , २० साउन 

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा नवआगन्तुक प्रमुख प्रशासकिय अधिकृतकाे रुपमा अाउनुभएका दुर्गा पाैडेललाई स्वागत गरिएको छ।

सरावल गाउँपालिकामा पदभारकाे निम्ति अाउनु भएका अधिकृत पाैडेललाई सरावल गाउँपालिका पुर्व अध्यक्ष राधेश्याम चाैधरीले स्वागत गर्नुभएको छ।

पुर्व गाउँपालिकाका अध्यक्ष चाैधरीले खादा तथा फूल मालाबाट कार्यकारी अधिकृतलाई स्वागत गरेका थिए ।

स्वागत गर्दै पुर्व गाउँपालिकाका अध्यक्ष चाैधरीले गाउँपालिकाको प्रशासनिक कार्यलाई चुस्तदुस्त बनाउँन यहाँको योगदान प्रवाभकारी रहने कुरामा आफु विस्वश्त रहने बताएका छन । साथै अाफु ५ बर्ष पालिका अध्यक्षकाे भुमिका सम्हालि सकेकाेले अनुभव साट्दै पालिकालाई नयाँ तरिकाले जनताकाे मन जित्दै कार्य सम्पादन गर्न सुझाव सहित अाफुबाट हुने सहयोग सल्लाह , सुझाव दिने प्रतिबद्धता ब्यक्त गर्दै सफल कार्यकालकाे शुभकामना दिनुभएको थियोे ।

त्यस्तै सो अवसरमा आफनो भनाई राख्दै प्रमुख प्रशासकिय अधिकृत पाैडेलले काम गर्दै गर्दा सिक्ने र सिकाउँने कार्यलाई जारी राख्दै उपलब्धिमुलक कार्य गर्नुपर्ने बताएका छन । समाजसेवी , जनप्रतिनिधि र कर्मचारीहरु संग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता ब्यक्त गरेका छ्न ।

साे अवसरमा बुद्धज्याेति प्रा.बि प्र.अ बिनाेद पाण्डेलेय , समाजसेवी बालमुकुन्द चाैधरी , पत्रकार उमेश बि.क लगाएतले अधिकृत पाैडेलकाे सफल कार्यकालको शुभकामना सहित स्वागत गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित