राष्ट्रिय दैनिक / नवलपरासी , २० साउन
पश्चिम नवलपरासीको परासीमा व्यक्ति एक, अभिव्यक्ति अनेक नामक सुक्ति सङ्ग्रह विहिबार एक कार्यक्रमका वीच विमोचन गरिएको छ ।

पुस्तकका लेखक अयोद्धा प्रसाद चौधरीको अध्यक्षता तथा भैरहवा वहुमुखि क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. कपिल लामिछानेको प्रमुख आतिथ्यतामा पुस्तक बिमोचन गरिएको हो ।
त्रिवेणी साहित्य प्रतिष्ठान, नवलपरासीले प्रकाशन गरेको पुस्तक लेखक अयोध्या प्रसाद चौधरीको चौथो पुस्तक हो ।
यस अघि लेखक चौधरीले पुस्तक एक ज्ञानधारा अनेक (२०७४), बालमैत्री शिक्षण सहयोग पुस्तक(२०७५), भोजपुरी उखान सङ्ग्रह (२०७८) प्रकाशन गरिसक्नु भएको छ ।

सो अवसरमा प्रगतिशिल लेखक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष तिलक लामिछाने, पाल्ही वहुमुखी क्याम्पसका प्रमुख कैलाश ठाकुर, जनता मा.वि. मनरीको पूर्व प्रधानाध्यापक मोहन प्रशाद शर्मा, पवन माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक देवेन्द्र सिंह, जनता माध्यमिक विद्यालय मनरीका नेपाली शिक्षक एवं लेखक ओम प्रकाश अधिकारी,समाजसेवी कबिता ज्ञवाली, सामुदायिक रेडियो परासीका प्रवन्ध निर्देशक मेघराज गौतम लगायतले प्रकाशित पुस्तकको विवेचना गर्नु भएको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

