Rashtriya Dainik

क्यान्सर केयर सेन्टर चलाउने सम्पुर्ण जिम्मा अब लहान नगरपालिकाले लिए

महेश सिंह सिरहा लहान २० श्रावण -सिरहाको लहान नगरपालिका वाडा नम्बर ७ स्थित स्थापना भएको नेपाल अर्बुद रोग निवारण संस्था लहान क्यान्सर केयर सेन्टर लाई संचालन गर्ने जिम्मा लहान नगरपालिकाले लिएको बैठकले निर्णय गरेका छन्।

लहानका मेयर महेश चौधरीलाई सम्मान गर्दै अस्पताल अध्यक्ष र कार्यरत रहेका डाक्टरहरु संग कुरा गर्दै अस्पताल र नगरपालिका संग विधि संम्बत समझौता गरी निर्णय गरेका हुन्।

उक्त सेन्टरमा क्यान्सर बाहेक अरु रोगहरुको ओ.पि.डि.सेवा उपलब्ध रहेका छन्।आधुनिक ल्याब एक्स रे मेमोग्राफी कल्पोस्कोपी भिडियो एक्स- रे र प्रत्येक शनिबार पुर्वान्चल क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डाक्टरहरुद्वारा
सेवा दिने गरेका छन्।

कार्यरत डा.महेश साह,डा.कुशुम यादव,मंन्दिप गौतम,सुभाष चौधरी,पुस्पेन्द्र कुमार यादव,प्रमोद कुमार दास लगायतका डाक्टरहरु कार्यरत रहेका अस्पतालका अधिकारी ब्यक्ती अशोक लाल अमात्यले जनाए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित