नवलपुर,श्रावण १९ गते।
नवलपुर जिल्लाकाे मध्यविन्दु नगरपालिकाले सेवाग्राहीको लागि नागरिक सेवाकेन्द्रकाे सुरूवात गरेकाे छ । बिहीबार नगरपालिकाले सेवा प्रवाह सञ्चालन केन्द्रको रूपमा नागरिक सेवाकेन्द्र सुरु गर्दै सेवाग्राहीहरुको लागि भुईँतल्लाबाट सेवा दिने व्यवस्था गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारिले भन्नुभयाे ‘ नगरपालिका आउँदा फाइल बोकेर कोठाकोठा, झ्याल झ्याल धाउनु पर्दैन । नगरपालिकाको सार्वजनिक सेवा प्रवाहलाई सहज, छिटो, छरितो,पारदर्शी र नागरिकमैत्री बनाउन हामीले एकीकृत सेवा सुरु गरेका हौं ।’
सेवाग्राहीले नगरपालिकाको भुइँ तल्लामा रहेको सेवा प्रवाह सञ्चालन केन्द्रमा आएर आफ्नो फाइल बुझाएपछि सबै फाँटमा जानुपर्ने काम कर्मचारीले नै गर्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनालले जानकारि दिनु भयाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

