Rashtriya Dainik

जसपा युवा नेता शिव कुमार साहले नेरामाबी महुवनलाई २५ हजारको चेक हस्तान्तरण

बिरगंज १९ साउन
जनता समाजवदी पार्टी नेपालका युवा नेता शिव कुमार साहले नेपाल राष्ट्रिय माध्यमिक बिधालय सखुवा प्रसौनी गाउँपालिका ५ नं. वडा महुवनलाई एक कार्यक्रमका बीच २५ हजार ५ को चेक प्रधानाध्यापक भरत गिरिलाई हस्तान्तरण गरेका छ्न ।
श्री देबिमाई आधारभूत बिधालय लखनपुरमा भएको कक्षा ११ भर्ना तथा अन्तरक्रियामा कक्षा ११ र १२ संचालनार्थ सहयोग गरिएको नेता साहले बताए । आफू समाजिक सेवा एवं शिक्षा बिकासका निमित विभिन्न कामहरु गरेको जस्तै कोरोना कालमा राहत वितरण, रक्तदान, बृक्षारोपण, कुलो सरसफाइ, बिधुत पोल जडान, बाटो मर्मत लगायतको समाजिक सेवामा आर्थिक सहयोग गरेको र भबिस्यमा पनि गरिरहने प्रतिबद्ध जनाएका छ्न
कक्षा ११ र १२ संचालन बिधालयको स्रोत, पालिका एवं नजिकका वडाको सहयोगमा संचालन भइ रहदा सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ लखनपुरका वडा अध्यक्ष मुन्ना राउत कमकरले वडाको बजेटबाट १ लाख ११ हजार सहयोग गर्ने प्र.अ. गिरिले बताए ।

सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ लखनपुरका वडा अध्यक्ष मुन्ना राउत कमकरको अध्यक्षता एवं जनता समाजवदी पार्टी नेपालका युवा नेता शिव कुमार साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महुवन असपतालका इन्चार्ज सरोज गिरि, नेपाल रेडक्रस सोसाइटी उप-शाखा महुवनका सभापति जदु साह तेलि, प्रधानाध्यापक भरत गिरि, शिक्षक दिनेश साह, चन्दन साह तेलि लगायत अभिभावक र बिद्यार्थीहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन शिक्षक सोनालाल यादव एवं स्वागत मन्तव्य रामबहादुर यादवले गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित