कल्पन कुुवँर / नवलपुर,श्राजण १९ गते ।
चीन सरकारको सहयोगमा पूुर्बी नवलपरासीको गैंडकोटमा ४२ बर्ष अघि संचालनमा आएको नेपालको सबै भन्दा ठुुलो कागज कारखाना भृकुटी कागज कारखाना हो । कारखाना बन्द भएको झण्डै १२ बर्ष हुुन लाग्दा पनि संचालनको छन्द आउन छाडे पछि यसको संरचनाहरु खण्डहरमा परिणत हुुँदै जान थालेको छ ।
२०३७ साल देखि संचालित यो कारखाना २०४८ सालमा सरकारले नीजिकरण गर्ने नाउँमा गोल्छा अर्गनाईजेशनलाई रु ३० करोड ९८ लाखमा बिक्री गरे पछि निजि स्तरमा संचालनामा आएको भृकुुटी कागज कारखाना २०६७ मा बन्द भए पछि यसका करोडौं का सामानहरु नष्ट भएर जान थालेको छ । अहिले भृकुुटी कागज कारखाना खण्डहर जस्तै बनेको भृकुुटी कागज कारखाना सरोकार समितिका संयोजक सामाजिक अभियान्ता बेदप्रसाद गौडेल बताउनुुहुुन्छ । गैंडाकोट नगरपालिकाको वडा नं २ मा राजमार्ग संगै जोडिएको यो कारखाना २०६७ देखि बन्द हुुदाँ खण्डहर बनेको र यसको दीर्घकालिन समाधान खोज्न भृकुुटी कागज कारखाना सरोकार समिति गठन गरि यसको स्थानतरणमा ध्यान दिन स्थानीय सरकार ,नेपाल सरकार ,प्रदेश सरकार र गोल्छा अर्गनाईजेशनलाई ध्यानकर्षण गराइृएको सयोजक गौडेलको भनाई छ ।
जीर्ण अवस्थाको भृकुटी कागज कारखाना ५६ विगाह क्षेत्रफलमा फैलिएको छ ।यस कागज कारखानाका कारण स्थानीयलाई समस्या सिर्जना भएको भन्दै समितिले प्रदेश र केन्द्र सरकारलाई पनि स्थानीय सरकारबाटै यसबारे अवगत गराउने गैडाकोट नगरपालिकाका प्रमुख मदनभक्त धिकारीले बताउनुुभयो ।
कारखाना भित्र धेरै ठुलो समस्या भनेको क्लोरिन ग्यास हो । यो ग्यास झण्डै सयको संख्यामा छ एउटा मात्र ग्यासको सिलिन्डर बिस्फोट हुने हो भने पुरै गाँउ ध्वस्त हुने संभावना रहेकाले यसको दिर्गकालिन समाधान गर्नुपर्ने सरोकार समितिका सदस्य गोबिन्द सुुब्दीले बताउनुुभयो । खण्डहर बनेको भृकुुटी कागज कारखाना भित्र अजिगंर ,बिषालुु सर्प, बाघ ,स्याल लगायतका जनावरको बास्स्थान र कुुलतमा लाग्ने युुवा युुवतीको अखडा बन्दै गएको सुवेदिले बातउनुभयो ।
भृृकुुटी कागज कारखानामा कार्यरत ३४० मजदुुरले कारखाना बन्द हुुँदा को समयमा पाउने करीब दश करोड अहिले सम्म पाउन नसकेका स्थानीय मजदुुरहरुको गुनासो रहेको छ । यस कागज कारखानाको स्तानतरण गरी कुनै विश्व विधालय ,हस्पिटल या ठुलो मार्केटको रुपमा संचानल गरे स्थानियलाई राम्रो हुने सरोकारवालाहरुको भनाई छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

