उत्तमकुमार थापा ,बझाङ
तलकाेट गाउँपालीका वडा नम्बर ६ मा बाढीले घर बगाएको छ । गाउँपालीकाकाे वडा नम्बर ६ काे बडी गाउँमा वाढिपहिराेले २ घर बगाएको हाे ।
तलकाेट गाउँपालीका बडी गाउँका कृष्ण जेठाराकाे घर सहित अन्य एक घर बगाएको गाउँपालीका उपाध्यक्ष पार्वती कुवर भण्डारीले बताउनु भयाे । यसरी माथिवाट आएकाे पहिराेले २ वटा घर पुरेपछि कृष्ण बहादुर जेठारा सहित ६ जना परिवार विचलित भएको भन्दै तत्काल राहतकाे लागि गाउँपालीका उपाध्यक्ष पार्वती कुवर भण्डारीले २/२ कट्टा चामल ५ किलाे दाल नुन तेल गरि व्याक्तिगत राहत सहयाेग गरेकाे पिडितले बताए ।
उपाध्यक्ष भण्डारीले आफ्नाे गाउँपालीकामा यसरी दुख परेको भन्दै,तत्काल सानै भए पनि आफुले व्याक्तिगत सहयाेग गरेकाे र आगामी दिनमा स्थानीय सरकार तलकाेट गाउँपालीकाले पनि राहत उपलब्ध गराउने उनले बताउनु भयाे । बाढीबाट ५ वटा चाैपाया सहित घर पुरै बताएकाे छ । अहिले उनिहरुकाे विचलित भएको भन्दै सबै ठाउँबाट सहयाेग गर्न उपाध्यक्षकाे माग रहेकाे छ । बाढी पहिराे मात्र हैन तलकाेटकाे विकासका लागि हातेमालो गरेर अगाडि बढ्न अनुराेध पनि गर्नु भएको हाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

