Rashtriya Dainik

सांसद रौनियारद्वारा बहुदरमाई नगरपालिकाको फुलकौलमा सडकको उद्घाटन

राजन कुमार बानिया ,पर्सा १९ साउन
वीरगंज- पर्सा क्षेत्र नम्बर ३ संघीय सांसद हरिनारायण रौनियारले बहुदरमाई नगरपालिका वडा ७ फुलकौलमा नवनिर्मित सडको उद्धघाटन गर्नुभएको । नेपाल सरकार सहरी बिकास मन्त्रालय द्वारा बहुदरमाई नगरपालिका वडा नम्बर ७ फुलकौलमा नव निर्मित सडकको सांसद रौनियारले उद्घघाटन गर्नुभएको हो । सांसद रौनियारको बिशेष पहलमा उक्त सडक निर्माण भई उद्धघाटन भएर सञ्चालनमा आएको छ ।
त्यहा सडक निर्माण भए संगै त्यस भेगका जनता खुसि भएका छन । आफुहरुलाई हुदै आएको सास्तीको अन्त्य भएको भन्दै सांसद हरिनारायण रौनियारलाई धन्याबाद ज्ञापन गरेकाछन ।
सो उद्घघाटन कार्यक्रममा जनता समाजबादी पार्टि पर्साका अध्यक्ष रामनरेश यादव , जसपा नेता गौरीशंका साह ,नेतृ सलमा खातुन , बहुदरमाई नगरपालिका वडा नम्बर ७ फुलकौलका वडाध्यक्ष बिरेन्द्र यादव , जसपा नेताहरु महन्थ यादव , रमेश यादव लगायत स्थनीय बासीको उलेख्य सहभागिता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित