राष्ट्रिय दैनिक / कपिलवस्तु , १९ साउन
कपिलवस्तुकाे कृष्णनगर नगरपालिकामा अायाेजित मेलामा भारतीय कलाकार राजा भाेजपुरीयाको सांगीतिक प्रस्तुतिलाई कपिलवस्तु बासी संगीत पारखीहरुले मुक्तकण्ठले प्रशंसा गरेका छन्।
कपिलवस्तुकाे महेन्द्र पार्क समितिद्वारा अायाेजित प्रथम सांस्कृतिक मिनि रमाइलो मेलामा भारतकाे चर्चित गायक , नायक राजा भाेजपुरिया संगै दर्शकहरु झुमिएका छन् ।

भाेजपुरी गायन क्षेत्रमा बहुचर्चित नाम हो राजा भाेजपुरीया । अहिले जुनसुकै कार्यक्रम विवाह होस्, बहुभोज होस्, सांस्कृतिक कार्यक्रम होस् अथवा कुनै पर्व होस राजा भाेजुरिया बिना त्यो कार्यक्रम अधूरै रहे जस्तो लाग्छ ।
पछिल्लो समय भाेजपुरी समुदायमा मात्रै नभई नेपाली समुदायमा पनि निकै आफ्नो गीतको प्रभाव पार्न सफल प्रस्तुतिमा हजारौं दर्शकहरु मेलामा वहाँहरुको प्रस्तुतिसंगै झुमिरहेका थिए ।

उनको गीतहरुमा झनै नृत्य गर्न मंचमा दर्शकहरुको ओइरो लागेको थियो जुन गीतहरु अहिले बजारमा तहल्का मच्चाइरहेका छन् ।
साउन १८ गते कपिलवस्तुमा रहेको उनको कार्यक्रम प्रस्तुतिले हजारौं दर्शक झुमे । निकै रुचाइकाे उनको प्रस्तुति दर्शकले वान्स माेरकाे हल्ला मच्चाउन थाले । राजा भाेजपुरीयाकाे क्रेज बढेपछि अायाेजकले १९ गतेलाई पनि उनलाई स्टेजमा स्थान दिए ।

गायनले मात्र नभई उनले नृत्य गर्दा दर्शक स्टेजमा कोलाहल मच्चियो। दर्शकले हुटिंग गर्दै “वोन्स मोर वोन्स मोर” भने पछि राजा भाेजपुरीयाले पनि पुन दोहोराएर नृत्य गरे।

त्यस्तै भारतकाे नयाँ कलाकार बिराट राजले पनि अाफ्नाे प्रस्तुतिले स्टेज तताएका थिए । बिराट राजकाे प्रस्तुबाट कपिलवस्तु बासि हर्षित भएका थिए ।

राजा भाेजपुरीले यश अघि नवलपरासी , रुपन्देही र कपिलवस्तु लगाएत तमाम ठाउँमा अाफ्नाे प्रस्तुति गरि सकेका छन । उनी पाँच सय भन्दा बढी म्युजिक भिडियोमा अाफ्नाे अवाज दिनुको साथै अभिनय गरिसकेका छन । साथै ४/५ वटा भाेजपुरी फिल्ममा अभिनय गरिसकेका छन । 
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

