Rashtriya Dainik

सरावल गाउँपालिका नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत पाैडेललाई स्वागत

राष्ट्रिय दैनिक / नवलपरासी , १८ साउन 

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा नवआगन्तुक प्रमुख प्रशासकिय अधिकृतकाे रुपमा अाउनुभएका दुर्गा पाैडेललाई स्वागत गरिएको छ।

बुधबार सरावल गाउँपालिकामा पदभारकाे निम्ति अाउनु भएका अधिकृत पाैडेललाई जनप्रतिनिधि तथा कार्यालयका कर्मचारीको उपस्थितिमा स्वागत गरिएको हाे।

गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले टिका तथा फूल मालाबाट कार्यकारी अधिकृतलाई स्वागत गरेका थिए ।

त्यसै गरी उपाध्यक्ष बासमति हरिजन सहित कर्मचारी एवं समाजसेवी लगाएत उपस्थित सबैले खादाबाट नवआगन्तुक कार्यकारी अधिकृतलाई स्वागत सम्मान गरेका थिए । 

स्वागत समारोहमा गाउँपालिकाका अध्यक्ष चाैधरीले सबै मिलेर सरावलको चौतर्फी विकासको गति बढाउनु पर्ने अबको यात्रा रहेको छ , जसका लागि निर्बाचित जनप्रतिनिधिहरुको जोस जाँगरसँगै कार्यकारी अधिकृतको अनुभवको भरपूर प्रयोग गर्नुपर्ने कुरा ब्यक्त गरे ।

त्यस्तै कार्यकारी अधिकृत पाैडेलले स्थानीयको सहयोग र समन्वयमा सरावल गाउँपालिकालाई नमूना गाउँपालिका बनाउन आफु प्रतिबद्ध रहेको बताउनुभयो । सामाजिक, आर्थिक र राजनैतिक दृष्टिकोणले महत्वपूर्ण यस गाउँपालिकामा कृषि क्षेत्र, पर्यटकीय क्षेत्र र औद्योगिक क्षेत्रको रुपमा सम्भावना बोकेको यस गाउँपालिकाको विकास र स्तरोन्नतीको लागि आफु सधैं लागिपर्ने पाैडेलले बताउनुभयो । 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित