Rashtriya Dainik

पोखरियाको शिव बर्वामा जय बजरंग बलि अखडा समिति गठन

वीरगंज-पर्साको पोखरिया नगरपालिका वडा नम्बर १० शिव बर्वामा जय बजरंग बलि अखडा समिति गठन भएको छ । पर्सा क्षेत्र नम्बर ३ का सङ्घीय सांसद हरिनारायण रौनियारको प्रमुख अतिथ्यतामा उक्त समिति गठन भएको हो । समितिले अखडाको लागी आवश्यक पूर्वधार निर्माणको लागी पहल गर्ने निर्णय समेत गरेको छ ।
वृजकिशोर यादवको अध्यक्षतामा गठित १५ सदस्य समितिमा पहवारी प्रसाद यादव उपाध्यक्ष ,कृष्ण कुमार यादव सचिव र सोनालाल सहनी कोषाध्यक्षमा चयन हुनुभएको छ ।
त्यसै गरी सदस्यहरुमा रामराज साह गोढ ,प्रवेश साह , दुसेनी बैठा ,विकास प्रसाद यादव ,प्रधुमन साह ,चन्दन चान्द्रबंसी , रामदयाल यादव ,वृजेश यादव मुन्ना यादव चयन हुनु भएको छ । सो क्रममा कमलदेव प्रसाद यादव नागेन्द्र राउत पटेल , देवनाथ पटेल लगायतको उपस्तिथी रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित