Rashtriya Dainik

प्रदेश १ को ट्राफिक इन्चार्जमा महतोको जिम्मेवारी

महेश सिंह सिरहा लहान १७ श्रावण – नेपाल प्रहरी र ट्राफिक प्रहरीमा दक्षता प्रदान गरेका र प्रहरी बुझीएका प्रहरी उपरीक्षक श्याम कुमार महतोलाई प्रदेश नम्बर १ का ट्राफिक इन्चार्जको जिम्मेवारी दिएका छन्।

बिगतमा मधेस प्रदेशको ट्राफिक इन्चार्जको जिम्मेवारी राम्रो निर्वाह गरेका उनी पुनः प्रदेश नम्बर १ का इन्चार्जको जिम्मेवारी पाएका छन्।पछिल्लो समय प्रहरी उपरीक्षक महतो अपराध अनुशन्धान बिभागको जिम्मेवारी समहालेका थिए।

CIB मा राम्रो कामको मुल्यांकन गर्दै प्रहरी उपरीक्षक महतोलाई प्रदेश नम्बर १ को ट्राफिक इन्चार्जमा सरुवा गरिएका छन्। केहि हप्ता अगाडी उनी मधेस प्रदेशको मुख्य मन्त्री मोहम्मद लाल बाबु राउतबाट उत्कृष्ट प्रहरीको दर्जा समेत पाएका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित