अजय मिश्र, कृष्णनगर ,साउन १६
कपिलवस्तु जिल्लामा अवैध समानहरू भित्रिने सूचना पाए संगै भन्सार कार्यालय कृष्णनगरले अबैध सामान समात्न सक्रियता देखाएको छ l नेपाली हरूको चाड हरि तलिका
तिज नजिक्दै गर्दा कपडा तस्करी बढ्ने क्रम जारी रहेको स्थानीयले बताउदै आएका छन् l
कपिलवस्तु जिल्लाको कृष्णनगर भन्सार कार्यालयको गस्ती टोलीले कपिलवस्तु जिल्लाको गोरूसिङ्गे बजारबाट चन्द्रौटातर्फ आउदै गरेको लु.१. ख ७७७० नम्बरको ट्रकमा राति २:३० बजेको समयमा उक्त गस्ती टोलीले चेक जांच गर्ने क्रममा भन्सार नगरेको २९ पोका कपड़ा लगायत अन्य कपडा फेला पारी ट्रक सहित चालक लाई नियन्त्रणमा लिइएको भन्सार कार्यालय कृष्णनगरले जनाएको छ l
नियन्त्रणमा लिइएको कपड़ाको अन्दाजी मूल्य चौबीस लाख पर्ने भन्सार कार्यालय कृष्णनगरले जनाएको छ l
पक्राउ गरिएको कपड़ा कस्को हो भन्ने पत्ता नलागेकाले उक्त गाड़ीका चालकलाई नियंत्रणमा लिई सोधपुछ गरी रहेको कुरा कृष्णनगरका भन्सार कार्यालयका निमित्त प्रमुख ठाकुर गौतमले जानकारी दिए l
गत हप्ता समेत कृष्णनगरका भन्सार कार्यालयले अबैध रूपमा नेपाल भित्र्याइएका ८१ रांगापाडा , २१५ खसी बोका पक्राउ गरी लिलाम बिक्री गरिसकेको कार्यालयले जनाएको छ l
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

