Rashtriya Dainik

नेपाल निजामती कर्मचारी संगठन बझाङले ३१औं स्मृति दिवसको मनायो

उत्तमकुमार थापा बझाङ
नेपाल निजामती कर्मचारी संगठन बझाङले ३१औं स्मृति दिवसको मनाएकाे छ ।

निजामती कर्मचारी सँगठनले मनोज जोशी-झपेन्द्र कार्कीको ३१औं स्मृति दिवसको अवसरमा जिल्ला अस्पताल बझाङका बिरामीलाई फलफूल वितरण गरिएको छ । कर्मचारीहरुकाे आन्दोलनका क्रममा शहीद बनेका जोशी र कार्कीको स्मृति दिवसको अवसरमा आइतबार जिल्ला अस्पतालमा उपचार गराइरहेका १८ जना बिरामीलाई फलफूल वितरण गरिएको थियाे । संगठनले स्मृति दिवसको अवसरमा बिरामीलाई फलफूल वितरणका साथै नेपाल निजामती कर्मचारी संगठनको भवनको प्राङ्गणमा र जयपृथ्वी नगरपालिकामा बृक्षारोपण गरेको नेपाल निजामती कर्मचारी संगठन बझाङ जिल्ला कमिटी उपाध्यक्ष भिम बहादुर बोहराले बताउनु भयाे ।

२०४८ साल साउन १५ गते बुधबार नेपाल निजामती कर्मचारी संगठनमा आबद्ध कर्मचारीले कर्मचारीको हकहितका लागि निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेकाबेला प्रहरीको गोली लाग्दा ज्यान गुमाएका जोशी र कर्मचारी आन्दोलनकै क्रममा आगजनीमा ज्यान गुमाएका कास्कीका वारुणयन्त्र चालक कार्कीको स्मृतिमा जिल्लामा विभिन्न कार्यक्रम गर्दै दिवस मनाइँदै आएको कर्मचारी संगठनका प्रदेश इन्चार्ज प्रकाश बहादुर खड्काले बताउनु भएको छ। जिल्लामा मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी संगठनले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै जोशी र कार्कीको स्मृति दिवस मनाउँदै आएको छ । जोशीलाई सरकारले २०७४ साल माघ २२ गते शहीद घोषणा गरिएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित