Rashtriya Dainik

एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत सडकको शिलान्यास

वीरगंज १४ साउन
मधेश प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय तथा यातायात पूर्वाधार निर्देशनालयको निर्देशनमा पूर्वाधार विकास कार्यालय पर्साद्वारा एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत महानगरपालिका वडा नं-३२को परसवा देखि रामवन सम्म निर्माण भईरहेको सडकको आज शनिबार शिलान्यास गरिएको छ । पर्सा क्षेत्र नं-१ (क) का प्रदेश सभा सदस्य मा.जन्नत अन्सारी को निर्वाचन क्षेत्रमा निर्माणाधीन सडकको प्रमुख अतिथि प्रदेश सभा सदस्य जन्नत असारी र विशिष्ट अतिथि पप्पु कन्ट्रक्सनका निर्देशक सुमित रौनियारले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । मधेस प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत ५ कि.मी.लामो निर्माणाधीन सडकको शिलान्यास भए संगै त्यस भेगका जनताहरु खुसि व्यक्त गर्दै यो सडकको निर्माण कार्य छिटै समपन्न हने बिश्वास व्यक्त गरेका छन । विरगंज महानगरपालिका वडा नं-३२ का वडा अध्यक्ष रेयाज मियाको अध्यक्षता सम्पन्न शिलान्यास कार्यक्रमा मधेस प्रदेश सभा सदस्य जन्नत अंसारी,पप्पु कन्ट्रक्सनका निर्देशक सुमीत रौनियार,वडा अध्यक्ष रेयाज मिया,वडा सदस्य इर्साद अंसरी, जसपा नेपालका जिल्ला सदस्य शेख भिखारी,एमामुल असारी,३२ न वडा का एकाई अध्यक्ष राजेश साह,अब्दुक बराकत असारी,दाउद असारी,यूवानेता शेख सदाम,अरुण महतो शुलेमान अंसारी लगायत स्थानीय बासीहरुको सहभागीता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित