प्रिन्स मिश्रा कपिलवस्तु ।
सार्वजनिक भएको एस.ई.ई परिक्षा २०७८ सालको नतिजामा कपिलवस्तुको कृष्णनागरमा रहेको सेंट ज्यूडस एकडमी स्कूलले उत्कृष्ट नतिजा हासिल गरेको छ ।
१२ जनामा १२ जनै उतिर्ण भएका छन् । यो नतिजा संगै सेंट ज्यूडस बिद्यालयको चर्चा चलेको छ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका कै उत्कृष्ट नतिजा हासिल गरेका बिद्यालय समेत रहेको छ ।
जसमा ए प्लस ग्रेडमा २ जना, ए ग्रेडमा २ जना, बि प्लस गे्रडमा २ जना, बि ग्रेडमा ५ जना र सि प्लस ग्रेडमा १ जना पास भएको बिद्यालयका प्रधानाध्यापक तफसीर अहमदले बताएका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

