रामु भुसाल / नवलपरासी ,१४ साउन
पश्चिम नवलपरासीको बर्दघाट ४ बर्दघाटमा अवस्थित बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाले आफ्नो समाजिक उत्तरदायित्व अन्तर्गत सरसफाई सामाग्री वितरणका साथै राय सल्लाह सुझाव समेत लिएको छ । बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्था बर्दघाट ४ अन्तर्गत रहेको खानेपानी सुरक्षा योजना समितिको आयोजनामा शनिबार बर्दघाट ४ को दिब्यनगर टोल विकास सँस्था र शान्तिनगर टोल विकस सस्था भित्रका आफ्ना उपभोक्ता लगाएत टोल विकास सस्थालाई सरसफाई र स्वास्थ सामाग्री वितरण गरिनुका साथै खानेपानी र सरसफाई सम्बन्धी राय, सल्लाह सुझाव लिएको हो । सस्थाद्धारा गठित खानेपानी सुरक्षा योजना समितिका समयोजक एवं सस्थाका उपाध्यक्ष दिपक लम्सालको अध्यक्षता तथा सस्थाका पुर्व अध्यक्ष एवं सल्लाहकार कमानसिँह थापाको प्रमुख आतिथ्यतामा एवं सस्थाका अध्यक्ष धातानन्द बस्यालको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले बर्दघाट खानेपानी सँस्थाले बर्दघाट– ४ का करिव ४ हजार घरधुरीलाई २४ सै घण्टा शुद्ध पिउने पानी उपलब्ध गराउदै आएकोमा खुसी ब्यक्त गर्दै उहाँले खानेपानी सँचालन र वितरण प्रणालीमा सँस्थाको दायित्व मात्र नभइ स्थानियको पनि उत्तिकै दायित्व रहने र खानेपानी र सरसफाई एक अर्कामा परिपुरक रहेकोले स्थानीयहरुले आफ्नो टोल र क्षेत्रको सरसफाई विशेष ध्यान दिनुपर्ने बताउनुभएको थियो । सो अवसरमा विशेष अतिथि बस्यालले सस्थाले आफ्नो कार्य क्षेत्र विस्तार गर्ने लक्ष्यका साथ काम गरिरहेको र आफ्नो कार्य क्षेत्र भित्र एक घर एक धाराको लक्ष्यलाई पुरा गर्न विभिन्न योजनाहरु ल्याएको बताउदै खानेपानी वितरणमा समस्या हुन नदिन बाढिपिडितमा समेत बोरिंग गरि टंकीको निर्माण कार्यलाई अगाडी बढाएको र कार्य अन्तिम चरणमा रहेको बताउनुभयो । सो अवसरमा दिब्यनगर टोल विकास सस्थाका अध्यक्ष भिम बहादुर राना, शान्तिनगर टोल विकास सस्थाका अध्यक्ष होम बहादुर गुरुंग, माकर साना किसान कृषी सहकारी सस्थाका कार्यबाहक अध्यक्ष मधु रायमाझि, दिब्यनगर युवा क्लबका अध्यक्ष खेम राना लगाएतले ब्यक्तिगत र सामुदायिक सरसफाईको बारेमा मन्तब्य राख्नुभएको थियो भने हात धुने तरिका र कोभिड महामारी बाट सतर्क रहन तथा सरसफाई र खानेपानीको उपय
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

