Rashtriya Dainik

खसीबाख्रा तस्करीमा गाउँपालिकाकाे संरक्षण

कपिलवस्तु ,साउन १३ । भारतबाट तस्करी भई आउने खसी बाख्रा विजयनगर गाउँपालिकाकाे संलग्नता देखिएकाे छ ।

कृष्णनगर भन्सार कार्यालयले शुक्रबार नियन्त्रणमा लिई लिलाम गरेकाे कुल १४५ गाेटा खसी बिक्री वितरणका लागि विजयनगर गाउँपालिकाले सिफारिस गरेकाे तथ्य बाहिर आएकाे छ ।
गाउँपालिकाकाे वडा ६ का अध्यक्ष प्रेम बहादुर कलवारले साेही वडाकाे ओमप्रकाश बाख्रा खरिद बिक्रि केन्द्र खजानी संकलन केन्द्रबाट विराज एण्ड विनित सप्लायर्स काठमाडाैंकाे नाममा बिक्रि भैसकेकाे र सम्बन्धित सबै निकायले आवश्यक सहजीकरण गरिदिन सिफारिस गरेका छन ।

ओमप्रकाश बाख्रा खरिद बिक्रि केन्द्रले ती १४५ गाेटा खसीलाई विराज एण्ड विनित सप्लायर्सका नाममा साउन १३ गतेकाे बिल नम्बर ३ काटेकाे छ जबकी वडाले एकदिन अगावै साउन १२ गते नै चलानी न २४ काे पत्रमा बिक्रि केन्द्र र सप्लायर्सकाे नाममा उल्लेख गरि सिफारिस गरिसकेकाे छ । बिक्रि केन्द्रले प्रयाेग गरेकाे पान बिलमै १७ लाख साढे ५४ हजारकाे भुक्तानी लिएकाे तथ्य शंकास्पद छ । त्यस्तै एकदिन अगावै वडाले पार्टीको नामसमेत उल्लेख गरि सिफारिस गरेपछि बिल काटिएकाे छ र पशुजन्य बस्तु बिक्रि वितरणका लागि सिफारिस वडाले भन्दा पशु शाखा र पशु क्वारेन्टाइनले गरे सान्दर्भिक हुन्थयाे जुनकी गाउँपालिकाकाे गल्ती देखाउंछ । तर गाउँपालिका प्रमुख गाेपाल बहादुर थापाले हामीले सिफारिस दिन मिल्दैन खसीवालाले कागज किर्ते गरेकाे हुनसक्ने बताए ।
त्यस्तै यदि सबै खसी गाउँपालिका कै उत्पादन भने भ्याटनेरि डाक्टर विजय घिमिरेले निराेगिता प्रमाणपत्र दिने आवश्यकता किन पर्याे ? तस्ता थुप्रै तथ्यले खसी तस्करी कै हुन र गाउँपालिकाले आफ्नाे उत्पादन देखाई तस्करलाई संरक्षण गरेकाे देखिन्छ ।
गाउँपालिकाकाे सिमा भारतकाे बार्डर छाेएकाले विभिन्न गाउंबाट खसी तस्करी व्यापक रुपमा भइरहेकाे छ। गाेप्य सुचनाका आधारमा कृष्णनगर भन्सार टाेलीले ट्रकसहित १४५ गाेटा खसी नियन्त्रणमा लिएकाे र कुल २४ लाख ६५ हजार मुल्यरकम ताेकेर लिलाम गर्ने प्रक्रिया गरिसकेको भन्सार प्रमुख जनार्दन पाैडलले जानकारी दिनुभयाे ।सभार कपिलवस्तु टाइम्स डटकम ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित