राजन कुमार बानिया , पर्सा १३ साउन
नागरिकता बिधेयक २०७९ ऐन संसदबाट राष्ट्रपती समक्ष पेस भएकोले पर्साको पोखरिया नगरपालिकामा अाज नेपाली काँग्रेस पार्टीका नेता ,कार्यकार्ताहरुले खुसीयालीमा वडा नं ४ पोखरिया बजारमा रहेको बस बिसौनि चौकमा दिप प्रज्वल तथा स्वागत गरेका छन। सो कार्यक्रम नेपालीका काँग्रेस पोखरियाको नगर कमिटी अध्यक्ष रामबाबु प्रसाद चौहानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पोखरिया नगरपालिका को पुर्व मेयर दिपनारायण रौनियारको प्रमुख अतिथ्यमा सम्पन भएको थियो । दिप प्रज्वल तथा स्वागत कार्यक्रममा भोलदै पुर्व मेयर रौनियारले भने नेपालमा रहेको नागरिकता बिहिनहरुलाई नेपाली काँग्रेस पार्टीले नागरिकता बिधेक पास गररिएकोमा बधाई समेत दिनु भएको थियो। कार्यक्रममा नेपाली काँग्रेसका नेता बिरेन्द्र पाण्डेय ,प्रमोद राय,वडा अध्यक्ष लक्षमण साह कानु ,प्रमानन्द प्रसाद कुर्मी ,किशोरी साह, सोनालाल साह गोढ, सियानन्द चौहान , समेत दर्जनौ नेता कार्यकर्ता हरु को सहभागिता रहेको थियो। कार्यक्रम संचालन नेपाली काँग्रेस पर्सा क्षेत्र नम्बर ३ को क्षेत्रीय सचिव सुरेन्द्र प्रसाद सिहले गर्नु भएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

