साउन १२ ।
२०७८ सालको एस ई ई परिक्षामा पश्चिम नवलपरासीबाट परिक्षा दिएका मध्ये सबैभन्दा बढि विद्यार्थिले २ जिपिए देखि २ दशमलव ३५ जिपिए प्राप्त गर्न सफल भएका छन् । कुल ६ हजार ३ सय २७ विद्यार्थिले परिक्षा दिएकोमा १ हजार ६ सय ५० जनाले उक्त जिपिए प्राप्त गरेका हुन् । ९३ जना विद्यार्थिले भने सबैभन्दा उच्च अंक ३ दशमलव ६ जिपिए देखि ३ दशमलव ९५ जिपिए प्राप्त गरेका छन् । २ सय ९४ जनाले ३ दशमलव २ देखि ३ दशमलव ५५ जिपिए प्राप्त गरेका छन् ।
यस्तै २ दशमलव ८ देखि ३ दशमलव १५ जिपिए सम्म प्राप्त गर्नेको सङख्या ६ सय २९ रहेको छ । ९ सय ९३ जना विद्यार्थिले २ दशमलव ४ देखि २ दशमलव ७५ जिपिए प्राप्त गरेका छन् । १ दशमलव ६ देखि १ दशमलव ८५ जिपिए सम्म १२ सय ५१ विद्यार्थिले अंक प्राप्त गरेका छन् । अत्यन्तै न्युन १ दशमलव २ जिपिए देखि १ दशमलव ५५ जिपिए सम्म ११ सय ४१ जना र ० दशमलव ८ देखि १ दशमलव १५ जिपिए ७३ जना विद्यार्थिले प्राप्त गरेको जिल्ला शिक्षा तथा समन्वय एकाई परासीले जनाएको छ । यो परिक्षामा जिल्लाका १ सय १९ ओटा विद्यालयका विद्यार्थि सहभागि भएका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

