Rashtriya Dainik

निर्माणाधीन सडकको शिलान्यास

राजन कुमार बानिया
पर्सा

वीरगंज –मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय तथा यातायात पूर्वाधार निर्देशनाल यको निर्देशनमा पूर्वाधार विकास कार्यालय पर्साद्वारा निर्माण भईरहेको निर्माणाधीन सडकको आज बिहिबार शिलान्यास गरिएको छ । पर्साको सखुवा प्रासौनी गाउँपालिका वडा नम्बर २ गुलवरिया चौकदेखि पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ सोनवर्षा सम्म निर्माणाधीन रहेको सडकको आज पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियार र प्रदेश सभा सदस्य मन्जुर अन्सारीले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । ५ हजार ५ सय लामो सडक निर्माणाधीन रहेकोले सो क्षेत्रका बासिन्दा सहित यात्रुलाई समेत सास्ती हुदै आएको छ । उक्त निर्माणाधीन सडकको शिलान्यास भए संगै त्यस भेगका जनताहरु खुसि व्यक्त गर्दै यो सडकको निर्माण कार्य छिटै समपन्न हने बिश्वास व्यक्त गरेका छन ।शिलान्यास कार्यमा मधेस प्रदेश समिती सदस्य गौरीशंकर साह,सखुवाप्रसौनी गा.पा.पूर्व अध्यक्ष प्रदिप जैसवाल,उपाध्यक्ष शर्मिला विष्ट,पूर्व वडा सलिम मिया लगायत स्थानीय बासीहरुको सहभागीता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित