राष्ट्रिय दैनिक / नवलपरासी , १० साउन
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका र बर्दघाट नगरपालीकामा रहेका प्रमुख प्रशासकि अधिकृतहरु सरुवा भै यि दुबै नगरपालिकामा सरकारले नयाँ उपसचिवहरु पठाएको छ ।
रामग्राम नगरपालिकाका प्रमुख प्रशासकि अधिकृत राकेस कुमार पाण्डे कपिलवस्तु नगरपालिका र बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यालाई सुर्खेतको पञ्चपुरी नगरपालिकामा सरुवा गरिएको छ ।
दुई अधिकृतको सरुवा भएसगै तत्कालिन जिल्ला विकास समिती नवलपरासीमा कार्यरत रही हाल दोलखाको भिमेश्वर नगरपालिकामा कार्यरत मान बहादर खड्काको रामग्राम नगरपालिकामा सरुवा भएको छ ।
त्यसै गरी बर्दघाट नगरपालिकामा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कृष्ण प्रसाद सापकोटा बर्दघाट नगरपालिकामा सरुवा भै आउदै हुनुहुन्छ ।
सरकारले ३६ जना उपसचिवहरुको सरुवा गरेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

