Rashtriya Dainik

पाल्हिनन्दन ४ मा स्थानीय र घरेलु तथा साना उद्योग नवलपरासी बिच अन्तरक्रिया कार्यक्रम

राष्ट्रिय दैनिक / नवलपरासी , १० साउन

पश्चिम नवलपरासीको पाल्हिनन्दन ४ मा स्थानीय र घरेलु तथा साना उद्योग नवलपरासी बिच अन्तरक्रिया एव समन्वय कार्यक्रम सम्पन्न भएको छ।

युनाइटेड मिसन टु नेपाल नवलपरासी कलष्टरकाे सहयोगमा तथा सुनवल सामुदायिक बिकास केन्द्रकाे अायाेजनामा काेभिड १९ बाट प्रभावित नेपाली समुदायको लागि अार्थिक पुनर्जीवित परियाेजनाबाट उक्त कार्यक्रम गरिएको हाे।

पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ४ वडा अध्यक्ष रबिन्द्र कुमार सहानीकाे अध्यक्षता तथा घरेलु तथा साना उद्योग नवलपरासी उद्यम बिकास सहजकर्ता मनाेज कुमार चाैधरीकाे विशेष उपस्थितिमा कार्यक्रम गरिएको हाे।

कार्यक्रममा ब्यवसाय दर्ता प्रक्रिया , ब्यवसाय दर्ता गराउदा लाग्ने दस्तुर , ब्यवसाय दर्ताको फाइदा लगाएतकाे विषयवस्तुमा घरेलु तथा साना उद्योग नवलपरासी उद्यम बिकास सहजकर्ता मनाेज कुमार चाैधरीले बताउनु भएको थियोे ।

साे कार्यक्रममा पाल्हिनन्दन गाउँपालिका वडा नम्बर १ देखि ६ सम्मका सुनवल सामुदायिक बिकास केन्द्रकाे सहयोगमा काेभिड १९ बाट प्रभावित नेपाली समुदायको लागि अार्थिक पुनर्जीवित परियाेजनाबाट ब्यवसाय सन्चालनका लागि प्रतिब्यक्ति २५ हजारकाे दरले सहयोग पाएका करिब ३० जना ब्यवसायिहरुकाे सहभागीता रहेको फिल्डसुपरभाइजर शक्ति काैशलले जानकारी दिनुभएको हाे।

कार्यक्रममा रिकाेप कार्यक्रम संयाेजक सुस्मिता शर्मा ,वडा सदस्य असगर अलि शेष ,वडा सदस्य प्रियङ्का निगम चाैधरी ,वडा सदस्य बिमला धाेबी , वडा सदस्य महेश हरिजन लगाएतको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा सहभागी सरिता कुर्मी , जागिर देवानले निकै प्रभावकारी कार्यक्रम रहेको प्रंसारा ब्यक्त गर्दै अब ब्यवसाय दर्ता प्रक्रिया सजिलो हुने कुरा ब्यक्त गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित