उत्तमकुमार थापा ,बझाङ
हराई वेपत्ता भएको बालक मृत अवस्थामा फेला परेका छन ।
बझाङ जिल्लाकाे जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलास पिमि बस्ने महेश बहादुर शाहीको छोरा बर्ष ९ को धरेन्द्र बहादुर शाही मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी ज्ञानबहादुर बिष्टले बताए ।
उनी ( सुस्त मनस्थितिको ) हुनुहुन्थ्यो मिति २०७९।०२।१४ गते दिउसो अप्रान्न १५;०० बजेको समयमा घर देखि २ घण्टा पुर्व मष्टा गाउँपालिका १ थार्या भन्ने स्थानमा बुवा सङ गाईगोरु लिई लेकतिर जाने क्रममा बाटोमै छुटेको स्राेतकाे भनाइ छ ।
उनी बाटाेमै छुटेको दिन साँझ सम्म घर नआउदा आफन्तहरुले १५ र १६ गते खाेजतलास गर्दा समेत फेला नपरेको भनि मिति २०७९।०२।१६ गते साँझ टेलिफोनद्वारा जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउना साथ खाेजतलासको लागी मिति २०७९।०२।१७ गते यस कार्यालय र नेपाली सेनाको टोली समेत खटी गएकाे थियाे भने खाेजी गर्दा फेला नपरेकाे उहाँको भनाइ छ ।
मिति २०७९।०४।०९ गतेका दिन स्थानिय घास काट्न जाने महिलाहरुले बर्ष अन्दाजी ८।१० को बच्चाको जस्तो कंगाल देखा परेको भनि हराएको बालक धरेन्द्र बहादुर शाही (सुस्त मनस्थितिकोका आफन्तलाई जानकारी गराए पश्चात यस कार्यालय बाट प्र नि जनकराज ढुङ्गानाको टोली खटी गइ मुचुल्का कार्य गरि उक्त कन्काल जिल्ला अस्पताल बझाङमा अहिले पाेष्टमाटमको लागि राखिएको प्रहरी प्रमुख डिएसपी बिष्टले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

