Rashtriya Dainik

बर्दघाट नगरपालिकामा ७८ घर धुरीलाई सोलार बत्ती वितरण

राष्ट्रिय दैनिक / नवलपरासी , १० साउन

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ मा ७८ घर धुरीलाई सोलार बत्ती वितरण गरिएकाे छ।

नव जनप्रतिनिधिहरुको पहिलो निर्णय घर घरमा बिजुली बत्ती अन्तर्गत वडा नं. २ मा सोलार बत्ती वितरण गरिएको हाे।

सोलार बत्ती वितरण गर्दै बर्दघाट नगरपालिका मेयर सम्भुलाल श्रेष्ठले विद्युत् सेवा पुग्न नसकेको टाेलमा सोलार बत्ती वितरण गरेको बताउदै समय अनुकूल केही दिनमा विद्युत् सेवा सन्चालनका लागि सहजिकरण गर्ने प्रतिबद्धता जनाउनु भएको हाे।

सोलार जडान गरिएपछि उक्त वडाका अधिकांश घर अहिले झिलीमिली बनेको स्थानीयवासी बताउँछन् । बत्ती जडान भएसँगै अहिले त्यहाँका स्कुले बालबालिकालाई राति पढ्न तथा मोबाइल चार्जदेखि घरमा राति उज्यालो बाल्नका लागि सहज वातावरण सृजना हुने स्थानीयले बताउछन् ।

सो वडाका केही टाेलमा अहिलेसम्म पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा पुग्न सकेको छैन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित