भैरहवा / साउन १०
रॉयल क्राउन इवेंट्स एंड क्रिएशनले मगलवार एक विज्ञप्ती जारी गर्दै प्रतियोगिताको ग्राण्ड अडिसनको लागि आवेदन खुला गरेको जानकारी दिएको हो ।
मिस्टर एण्ड मिस सिद्धार्थनगर २०२२ प्रतियोगितामा सहभागीता जनाउन ईच्छुक १२ देखि ३५ बर्ष उमेर समूहका युवायुवतीहरु ९८११९८५१४९, ९८४७४४५७५५ सम्पर्क गरी आवेदन दिन सकिने रॉयल क्राउन इवेंट्स एंड क्रिएशन का प्रमुख कार्यकारी अधिकृत (सिइओ) नारायण प्रताप चौहान मार्फत आवेदन दिन सक्नेछन् ।
प्रतियोगीताको मिस्टर एण्ड मिस सिद्धांर्थनगर – २०२२ अडिसन यहि साउन २० गते बाट सुरु हुने तथा दोस्रो अडिसन साउन २५ गते बाट भैरहवा स्थित होटल पौवा मा ११ बजे बाट सुरुहुने जानकारी दिएका छन्।

आफू भित्रको रहेको क्षमता,आत्मविश्वास र मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र यसैमा भबिस्य खोज्नेहरुका लागि नवलपरासी क्षेत्रमै हुन गईरहेको मिस्टर एण्ड मिस सिद्धार्थनगर २०२२ एउटा सुनौलो अवसर रहेकोले सो अडिसनबाट छनौट हुने लाई भदौंमा अभिमुखीकरणमा सहभागि गर्न आयोजक संस्थाका सिईओ नारायण प्रताप चाैहानले आग्रह गरे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

