वीरगंज १० श्रावण
सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीको मिलोमतोमा पर्साको वीरगंज भन्सार देखि ग्रामीण भेगनाकाहरुवाट खुल्लम खुल्ला रुपले तस्करी भईरहेको छ।
नेपालका मुख्य नाकाको रुपमा रहेको वीरगंज भन्सार देखि ग्रामिण भेगका नाकाहरुवाट सिमानाकाको सुरक्षाको लागि स्थापन गरेको बिअोपीहरुका बिअोपी पतिहरुले तस्कर समूहहरू संग रकमको प्रलोभनमा परी जिम्मेवारी वाट पन्छिनुको कारणले गर्दे भारतवाट नेपाल र नेपालवाट भारत तर्फ अवैध मालसामानहरु भित्राउने गरेको स्रोतले जनाएको छ।
पर्साको वीरगंज भन्सार , छपकैया नाका , ड्राईपोर्टा , अमरपर्टी नाका , प्रसौनी नाका , सबैठवा नाका भिस्वानाका , मिर्जापुर नाका , स्वर्णपुर नाका र ठोरी लगाएत रहेका सिमानाकाहरुमा रहेका बिअोपी पतिहरुको मिलोमतोमा दिन्हु करोडौं रुपैयाको राज्शव छलि गरि भारतवाट नेपाल र नेपालवाट भारत तर्फ अवैध सामानहरु भित्राईरहेका छन्।
सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलले तस्करीमा कडाई गर्ने निर्देशन दिए पनि पर्सामा रहेका बिअोपीका ईन्चार्जाहरुले केहि दिनमा उनीहरूको सरुवा हुनेभएकोले अाफ्नो हाकिमको निर्देशन विपरीत विभिन्न नाकाहरु ठुलो मात्रामा ईन्चार्जहरुले तस्करीको लाईन दिएको नाम नछाप्रने सर्तमा एक सशस्त्र प्रहरीका अधिकारीले बताएका छन्।
त्यसै गरि सशस्त्र प्रहरी हेडक्वाटरले वीरगंज भन्सार , छपकैया , ड्राईपोर्ट ,प्रसौनी , भिस्वा र भिखमपुरका लगाएतका बिअोपी प्रमुखहरुलाई फिर्ता बोलाई उक्त बिअोपीहरुमा नयाँ प्रमुखलाई पेठाएका छन्।

नयाँ अाएका बिअोपी प्रमुखहरुले केहिदिन सिमानाकाहरुमा देखावटीको लागि कडाई गरि तस्कर समुहहरु लाई त्रसाई अहिले मोटो रकमको नजराना बुझि ठुलो मात्रामा तस्करीको लाईन सुचारु गराएको स्रोतको दाबी रहेको छ।
सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक पोखरेलले उनको निर्देशन विपरीत काम गरिरहेका बिअोपीपतिहरुलाई कार्यबाहि गर्नुहुन्छ कि हेर्ने बाकि छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

