नवलपरासी , ९ साउन
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा नेपाल शिक्षक संघ बर्दघाट नगर कमिटिले नगरप्रमुख शम्भुलाल श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएको छ । नगरमा शिक्षामा भएका बेथिति अबिलम्ब सुधारका निम्ति ध्यानाकर्षण गराएको हो । संधका अध्यक्ष पूर्णकान्त गिरी हस्ताक्ष्ँरित पत्रका अनुसार नगरमा भएका शिक्षा क्ष्ँेत्रका बेथिति, व्यवस्थापन क्षेत्रका बेतिथि तथा नगरशिक्षा ऐन संसोधन गरी तुरुन्त लागूगर्न आग्रह गरिएको छ । नगर शिक्षा ऐनले विद्यँलयका वास्तविक अभिभावकको अपनत्व, शिक्षकहरुको जिम्मेवारीपन, जवाफदेहिता र स्थानिय सरकारको सद्भावपूर्ण अभिभावकत्वलाई सुनिश्चिता गर्न प्रेरित गर्ने गरि संसोधन लगाएतका ६ वटा शिक्षा सुधारका सुझाव सहितको ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको छ ।
ध्यानाकर्षण कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख शम्भुलाल श्रेष्ठले नगरले स्वास्थ्य, शिक्षा र कृर्षिलाई प्राथमिकतामा राखेर कार्य अगाडी बढाएको हुदाँ अबका दिनमा शिक्षा क्षेत्रमा पनि सुधारका कार्य चाडैनै सुरु गरिने बताए । उनले नगरशिक्षा ऐन देखि शिक्षा क्ष्ँेत्रमा परिर्वतन गर्नुपर्ने पाटा धेरै भएकाले गुणस्तरीय र सर्वसुलभ शिक्षा नगरले प्रदान गर्नुपर्ने पाटोमा आफुहरु निर्वाध लाग्ने बताए ।
ध्यानाकर्षण पत्र हस्तान्तरण कार्यक्रममा संघका सचिव गोविन्द पाण्डे, अर्थ सचिव ऋषिराम खनाल, सह सचिव महिला रेनुका न्यौपाने लगाएतको सहभागिता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

