राजन कुमार बानिया / पर्सा ,९ असार
पर्साको धोबिनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत नावाज हुसेन अाज हाजिर भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अधिकृत हुसेनलाई धोबिनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको हो ।
अधिकृत हुसेन यश भन्दा पहिला मालपोत कार्यालय पर्सामा प्रमुखमा कार्यरत हुनु भएको थियो।
अाउनु भएका धोबिनी गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत हुसेनलाई सोमबारको दिन गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले फुलमाला र खादा अोढाई स्वागत गरेका थिए।
स्वागत कार्यक्रममा वडा अध्यक्ष मनाउर मियाँ, देबेन्द्र पटेल , लगायत जनप्रतिनिधि र कर्मचारीहरुको सहभागीता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

