Rashtriya Dainik

पश्चिम नवलपरासी नेपालकै पहिलो काेराेनाविरूद्धकाे पूर्ण खोप जिल्ला घोषणा

राष्ट्रिय दैनिक / नवलपरासी , ९ साउन

पश्चिम नवलपरासी जिल्लालाई कोभिड १९ विरुद्धको पुर्ण खोप घोषणा गरिएको छ ।

कोभिड १९ विरुद्धको जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले जिल्लालाई कोभिड १९ विरुद्धको पुर्ण खोप घोषणा गरिएकाे छ ।

हिजो लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयबाट भएको अनुगमन तथा निरिक्षण भेरिफिकेसनबाट जिल्लालाई पूर्ण खोप घोष्णा गर्न अनुमति दिएपछि साेमबार पूर्ण खोप घोषणा गरिएको हाे ।

जिल्लाको ७ वटै पालिकाले पूर्ण खोप घोषणा गरिसकेको छ जस्मा सबै भन्दा अन्तिममा रामग्राम नगरपालिकाले गत साउनको ५ गते पूर्ण खोप घोषणा गरेको हो ।

जिल्लामा रहेका नागरिकले पहिलो र दोस्रो डोजको खोप लगाई सकेपछि पूर्णखोप खोषणा गरिएकाे हाे ।

प्रमुख जिल्ला अधिकारी एवं कोभिड १९ विरुद्ध खोप समन्वय समितिका अध्यक्ष पोखरेलले जिल्ला ९९ प्रतिशित पहिलो खोप (डोज) र ९७ प्रतिशतले दोस्रो खोप (डोज) लगाईसकेपछि लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको भेरिफिकेसन पश्चात घाेषणा गरिएको बताउनुभयो ।

नवलपरासी जिल्ला नेपालकै पहिलो कोभिड १९ विरुद्धको पूर्ण खोप घोष्णा हुनु जिल्लाबासीको लागि गर्वको कुरा भएको उहाँले भन्नुभयो । यो उपलब्धीमा सहयोग गर्नु हुने सबै लाई धन्यवाद ज्ञापन गर्दै अहिले फेरी पनि जिल्लामा कोभिड १९ को संक्रमण बढदै गईरहेको बेला कोभिड १९ बाट बच्ने उपायहरु अवलम्बन गर्न अनुरोध समेत गर्नु भएको छ ।

यसैबीच जिल्ला समन्वय समितिका प्रमुख भगौति यादवको अध्यक्ष्यतामा बसेको अर्को बैठकले जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चितता पनि घोष्णा गरिएको छ । १५ महिना भित्र पाउनु पर्ने नियमित खोपहरुमा जिल्लाको ४ हजार ८ सय ७ जना बालबालिकाहरुलाई पूर्ण खोप लगाई सकिएको छ । जस्मा १ सय ४९ बालबालिकाहरु छुटेका थिए । ति बालबालिकाहरुलाई पनि खोजौं र खोपौं अभियान मै लगाईएको हो जस्ले गर्दा आज जिल्लामा रहेका १५ महिना भित्रको सबै बालबालिकाहरु नियमित सबै खोप पाई सकेपछि पूर्ण खोप सुनिश्चितता घोषणा भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित