महेश सिंह सिरहा लहान ९ श्रावण – भगवानपुर गाउँपालिका वाडा नम्बर ४ का किसानहरु मल खादका पिडा खेपिदै आएका छन्। किसानहरुले खेती गर्न खाद मलका लागी दर्जनौं पटक पालिका धाएर पनि मल खाद नपाउँदा चिन्ता ब्यक्त गरेका छन्। गापा अध्यक्ष यादवले हामी संग सौतेनी ब्यवहार गरेका वाडा अध्यक्ष यादवले बताए।
राज्यले किसानहरुको लागी पालिकामा मल खाद पठाए भगवानपुर गाउँपालिका वाडा नम्बर ४ का किसानहरु मल खादबाट बन्चित भएका छन्।वाडा अध्यक्ष राम कुमार यादवले किसानहरुका खेती पातिका लागी पालिकाबाट लिखित रुपमा मल खाद माग गरेका थिए।
माग गरेका पत्रमा गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले तोक लगाए र पनि खाद मल वाडामा न पठाउदा किसानहरु थप पिडा खेपेका छन्।यता अध्यक्षका अनुसार आफुले समयमै पालिका अध्यक्षलाई खाद मलको माग चिट्ठी पठाए पनि हाम्रो वाडाका किसानले मल खाद नपाउँदा आफू दुखी रहेको बताए।
गाउँपालिका अध्यक्ष उग्र नारायण यादवले बाटो बाटै खाद मल बिक्री वितरण गरेको स्थानीय किसान प्रमोद कुमार यादव,सत्य नारायण यादव,माया नन्द कामैत बताए।
अनुदानमा बृक्षारोपनको लागी पठाइएको विभिन्न प्रजातीका बिरुवाहरु समेत वाडा नम्बर ४ मा नपठाएको र भगवानपुर गाउँपालिका अन्तर्गत रहेका अरु वाडाहरुमा बृक्षारोपनको लागी बिरुवाहरु पठाई सकेको र हामीलाई सौतेनी ब्यवहार गरेको वाडा अध्यक्ष राम कुमार यादवको आरोप रहेका छन्।
स्थानीय ऐन अनुसार दफा ६० र उप दफा ४ बमोजिम गाउँपालिका अध्यक्षले ७०% प्रतीशत र वाडा अध्यक्षले ३० % प्रतिशत हक स्थानीय ऐनमा उल्लेख गरिएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

