दोरेन्द्र खड्का
जयपृथ्वी नगरपालिकाको आर्थिक वर्ष २०७८÷७९ को तेस्रो चौमासिक तथा वार्षिक प्रगति समीक्षा र सार्वजनिक सुनुवाइ कार्यक्रम आज सम्पन्न भएको छ । जयपृथ्बी नगरपालिका नगरप्रमुख चेतराज बजालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथी जिलला समन्वय समितीका प्रमुख नर बहादुर बोहरा रहनुभएको थियो । कार्यक्रममा जयपृथ्बी नगरपालिकाका ११ वटै वडाका वडा अध्यक्ष, सेवागा्रहि , राजनितीक दलका प्रतिनिधि ,पत्रकाार लगाएतको सहभागीता रहेको थियो ।
जयपृथ्बी नगरपालिकाले आर्थिक बर्ष २०७८÷०७९ मा भएका विभिन्न विकास निर्माण तथा भए गरेका गतिविधि र कमि कमजोरि माथि छलफल तथा बहस गरिएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवा गा्रहिले प्रश्न, गुनासा, जिज्ञासा र सुझाव राखेका थिए भने सम्पूर्ण गुनासाहरूलाई नगर प्रमुख चेतराज बजाल लगाएत नगरपालिकाका सम्बन्धित कर्मचारीहरुले जवाफ दिएका छन् ।
जयपृथ्बी नगरपालिकाका लेखा अधिकृत लाल बहादुर खातीले आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक आयव्यय प्रस्तुत गर्नुभएको थियोे । भने कार्यक्रमको सहजिकरण पत्रकार बसन्तप्रताप सिह र प्रदिप मलासिले गर्नुभएको थियो ।
जयपृथ्बी नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को पुजीगत तर्फ जम्मा २८ करोड ६१ लाख ७३ हजार ९ सय ३४ रुपैया बजेट मध्य ८० .७८ प्रतिशत खर्च भएको छ भने चालु तर्फको जम्मा ३९ करोड ९४ लाख ९९ हजार ६ सय रुपैया मध्य ९२.७२ प्रतिशत खर्च भएको छ ।
कार्यक्रममा बोल्दै नगरप्रमुख बजालले सकारात्मक सुझाव र सल्लाहाहरु आएको भन्दै नगरपालिकाको विकास र सम्बृद्धिका लागि सधै तत्पर रहेको बताउनुभयो । सार्बजनीक सुनुवाई कार्यक्रमले यस पालिकाको शु–शासन, पारदर्शिकता र जवाफदेहितामा ढुलो सहयोग पुग्ने अपेक्षा लिएको बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

